Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दिउँसो धेरै सुत्नेलाई हुन सक्छ डायबिटिज – Gaule Khabar

दिउँसो धेरै सुत्नेलाई हुन सक्छ डायबिटिज

दिउँसो धेरै सुत्नेलाई हुन सक्छ डायबिटिज

पुस २७ –

एजेन्सी– दिउँसोको समयमा खाना खाएपछि फुर्सद हुने हो मान्छे झुपुक्क निदाउन खोज्छ। सुत्नु भनेको मानसिक र शारीरिक थकान मेट्ने उपाय पनि हो। तर, तपाईंको दिउँसो सुत्ने बानी छ भने सावधान हुनुहोस्।

दिउँसो एक घण्टाभन्दा बढी निदाउने मानिसलाई टाइप–२ डायबिटिज हुनसक्ने जापानी अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्। तीन लाखभन्दा बढी मानिसमा गरिएको एउटा अध्ययनका आधारमा विज्ञहरुको यस्तो चेतावनी दिएका हुन्।

यसअघि बेलायती विज्ञहरुले दीर्धकालीन बिमार र डायबिटिजले मानिसलाई दिउँसो कमजोर महसुस गराउने र सुतौँ–सुतौँ बनाउने बताएका थिए। तर, दिउँसोको सुताइसँग डायबिटिजको सम्बन्धबारे भने उनीहरुले पुष्टि गर्न सकेका थिएनन्।

तर, जपानी टोलीले गरेको पछिल्लो अध्ययन अनुसार दिउँसो नसुत्ने मानिसलाई भन्दा दिउँसो एक घण्टाभन्दा बढी सुत्नेलाई टाइप–२ डायबिटिजको ४५ प्रतिशत बढी खतरा छ। उनीहरुका अनुसार ४० मिनेटभन्दा कम सुत्नेलाई भने यो डायबिटिजको खतरा छैन।

राति सुत्न नपाउँदा दिउँसो निद्रा लाग्नु स्वभाविक कुरा हो। असन्तुलित निद्राले हृदयघात, स्ट्रोक, मुटुजन्य समस्या, मेटाबोलिक डिसअर्डर, टाइप–२ डायबिटिज जस्ता समस्याको खतरा हुन्छ।

कामको चाप वा सामाजिक जीवनशैलीका कारण कतिपय मानिसको निद्रा असन्तुलित हुन्छ। निद्रा कमजोर हुँदा भोक बढी लाग्ने र त्यसले टाइप–२ डायबिटिज निम्त्याउने अनुसन्धानकर्ताहरु बताउँछन्।

त्यसैगरी कम स्वस्थकर मानिस वा डायबिटिजको प्रारम्भिक चरणमा रहेका मानिस दिउँसो धेरै सुत्ने सम्भावना रहेको पनि अध्ययनमा उल्लेख छ।

युनिभर्सिटी अफ ग्लासगोका मेटाबोलिक मेडिसिनका प्राध्यापक नभिद साटरले असन्तुलित निद्रा र डायबिटिजबीच सम्बन्ध रहेको प्रमाण भेटिएको बताएका छन्। ‘डायबिटिजन गराउने खतरनाक तत्वहरुले निद्रा पनि लगाउँछ। ती तत्वले सुगरको तह बढाउँछ जुन डायबिटिजको लक्षण हो ” उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका