नेपालगन्ज,पुस २७ –
नेपालगन्ज बजारको सदरलाइन सडक चौडा गर्न स्थानीयबासीले साथ दिने प्रतिबद्धता जनाएपछि सडक विस्तार आयोजना अघि बढने भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्ज उपमहानगरपालिका, सरोकारवाला र स्थानीयबासी बीच भएको छलफलमा घरधनीले आप्mनो संरचना आपैm भत्काउने सहमति जनाएपछि सो सडकखण्ड चौडा हुने भएको हो ।
एशियाली विकास बैंकको सहयोगमा नेपालगन्जमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको सहयोगमा सो सडकखण्ड १४ मिटर चौडा गरिने भएको छ ।
सडक विस्तार गर्दा हुने क्षती न्यूनीकरण र सरोकारवालासँगको सहजीकरणका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा २२ सदस्यीय समन्वय समिति समेत गठन गरिएको छ ।
नगरपालिकाका प्रमुख गिरीराज ज्ञवालीले आयोजना संचालनमा स्थानीयबासीको सहयोग नै मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
अपराध नियन्त्रण तथा अनुसन्धान कार्यशाला
भेरी अञ्चल प्रहरी कार्यालयअन्तर्गतका जिल्लाका प्रहरी अनुसन्धान अधिकृतको एक दिने ‘अपराध नियन्त्रण तथा अनुसन्धान’ कार्यशाला गोष्ठी आज यहाँ आयोजना गरिएको छ ।
अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्न्यातका अनुसार, गोष्ठीमा बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र दैलेख जिल्लाका १३ युनिटका ५५ अनुसन्धान अधिकृतको सहभागिता छ ।
गोष्ठीमा सबै युनिटले छ महिनाको अवधिमा सम्पादन गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै अनुसन्धानका क्रममा देखिएका अप्ठ्याराका विषयमा छलफल गरिएको छ ।
सो गोष्ठीको क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गर्दै प्रहरी अनुसन्धान अधिकृतले घटनाको अनुसन्धान गर्दै धैर्यतालाई छाड्न नहुने बताउँदै हतारमा गरिएको अनुसन्धानले अन्ततः पीडितले दुःख पाउँछन् भन्नुभयो । – रासस