पुस २७ –
हाम्रो शरीरलाई सोडियम अर्थात् नुनको आवश्यकता पर्छ । तर शरीरले कहिलेकाहीँ आवश्यकताभन्दा बढी नुन प्राप्त गरेको हुन्छ । हामीले दैनिक तरकारीमा खाने नुनको मात्र गणना गर्छौं । तर, तरकारी वा अन्य नुनिलो खानेकुराबाहेक पनि अप्रत्यक्ष रुपमा नुन खाने गरेका हुन्छौँ । अत्याधिक नुन हुने फलफूल तथा खानेकुरा यस्ता छन्ः
१. परिस्किृत चिजः उच्च मात्रामा परिस्किृत गरिएको चिजमा पनि नुनको मात्रा धेरै हुन्छ । एक क्युब चिजको मात्रामा १०६ मिलिग्राम सोडियम हुन्छ ।
२. सिरियल्सः ब्रेकफास्टमा प्रयोग हुने सिरियल्समा पनि नुनको मात्रा हुन्छ । एक कप सिरियल्समा २०६ मिलिग्राम नुन हुन्छ ।
३. फलफूलको जुसः अत्याधिक मात्रामा फलफूलको जुस नखानुहोस्, किनकि यसमा पनि नुनिलोको मात्रा हुन्छ । एउटा ठूलो सिसाको गिलास जुसमा २८९ मिलिग्राम नुन हुन्छ । जुन हाम्रो शरीरलाई चाहिने नुनको मात्राको १० प्रतिशत हो ।
४. टोमेटो जुसः टोमेटो जुसमा हुने चिनीको थप मात्राले त्यहाँको नुनको मात्रालाई बिसाइदिन्छ । तर टोमेटो जुसमा पनि प्रसस्त नुन हुन्छ ।
५. बेकरी उत्पादनः केक, मफिन र पानकेकमा बेकिङ पाउडर वा बेकिङ सोडा हुन्छ । एक चम्चा बेकिङ पाउडरमा ४८० मिलिग्राम नुन हुन्छ ।
दि हेल्थ साइट डटकम