पुस २७ –
सामाजिक सञ्जालको ट्रेण्डले अभियानको सिर्जना गर्छ । र, यो अहिले कानुनी, सामाजिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय आन्दोलनका रुपमा प्रयोग हुने प्लेटफर्म पनि बन्दै गइरहेको छ ।
सामाजिक सञ्जालबाट व्यक्त धारणा पनि राजनीतिक, प्रसासनिक र कार्यान्वयनको क्षेत्रमा ‘रामवाण’ सावित भएको छ । नेपालकै परिप्रेक्ष्यमा कुरा गर्ने हो भने, भारतीय नाकाबन्दी पछि सवारी साधनको प्रयोगमा ह्रास आयो ।
सार्वजनिक सवारीसमेत भीड हुने र यात्रा गर्न जोखिम हुने भयो । यस्तै सामाजिक सञ्जालको अभियानले ‘लिफ्ट दिने र लिने’ अभियान सुरु गर्यो । यसले जनजीवन सामान्य बनाउन बल पुग्यो ।
यसले सूचना दिने, सुसुचित बनाउने र जनचेतना जगाउने काम त गर्यो नै कतिपय उद्धारका क्षेत्रमा पनि सामाजिक सञ्जाल लाभदायी भएको छ । यसका नकारात्मक पाटोको विश्लेषण पनि छुट्टै तरिकाले गर्न सकिन्छ ।
तर, भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना प्रिय नायक अक्षय कुमार उत्कृष्ट नायकमा छनोट नभएपछि फिल्मफेयर अवार्डमाथि नै प्रश्न उठाएका छन् । हुन त अक्षयले सन २०१६ मा राम्रा चलचित्रमा राम्रो अभिनय गरेको यस अघि मिडियाले पनि लेखेकै छन् ।
आउनुहोस् हामी पनि हेरौँ किन र कसरी उठ्यो ट्वीटरमा यो ट्रेण्ड ‘फिल्मफेयर अवार्ड्स अन सेल’ एनडीटीभी डट कम लेख्छः
फिल्मफेयर अवार्ड्स भन्नेबित्तिकै सबैलाई यसको पर्खाइ हुन्छ । तर, यो वर्ष यो अवार्डको घोषणा हुने बित्तिकै विवाद सुरु भइहाल्यो ।
जब यो वर्ष फिल्मफेयर अवार्डको छनौट (नोमिनेशन)घोषणा भयो ट्वीटरमा यस विषयलाई लिएर आलोचना सुरु भयो । खासगरी यसका कारण हुन्, अक्षय कुमार ।
नोमिनेशनको यो सूचीमा ‘बेस्ट एक्टर’ को श्रेणीमा अक्षय कुमारको नाम अटाएको थिएन कि, उनका फ्यानहरुले यो अवार्डलाई बिकाउको बिल्ला भिराइदिए ।
यो नोमिनेशनमा अक्षयको नाम नभएका कारण उनका फ्यानहरुले आलोचना गरेका छन् । र, ‘फिल्मफेयर अवार्ड्स अन सेल’ ट्वीटरमा ट्रेण्ड सुरु गरे ।
वास्तवमा गतवर्ष अक्षय कुमारका २ चलचित्र ‘एयरलिफ्ट’ र ‘रुस्तम’ रिलिज भए । यी दुवै चलचित्रमा अक्षयको अभिनयको तारिफ भयो ।
तर, अक्षयलाई ‘बेस्ट एक्टर’ को श्रेणीमा नोमिनेशन गरिएन ।
यसका साथै यस विषयमा अकेडमी अवार्डस्को सुरुआती नोमिनेशनमा आफ्नो स्थान बनाइसकेको चलचित्र ‘सरबजीत’ का रणदीप हुड्डालाई पनि यो श्रेणीमा स्थान दिइएको थिएन ।
यता आमिर खानको चलचित्र ‘दंगल’ लाई उत्कृष्ट चलचित्र र आमिरलाई बेस्ट एक्टरको श्रेणीमा नोमिनेशन त गरियो तर, आमिरका छोरी अरु कोही कलाकारलाई नोमिनेशन गरिएन ।
फिल्मफेयरको यस नोमिनेशनलाई सोमबार मुम्बईमा आयोजना गरिएको एउटा पार्टीमा सार्वजनिक गरिएको थियो ।
सर्वश्रेष्ठ अभिनेताको कुरा गर्दा यसपटक फिल्मफेयरमा तीन खानमध्ये सलमानलाई सुल्तानका लागि, शाहरुखलाई फ्यानका लागि र आमिरलाई दंगलका लागि नोमिनेट गरियो ।
यसका साथै रणवीर कपुरलाई ‘ए दिल है मुस्किल’, शाहिद कपुरलाई ‘उड्ता पन्जाब’, सुशांत सिंह राजपुतलाई ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ र, अमिताभ बच्चनलाई ‘पिंक’को लागि यो श्रेणीमा नोमिनेट गरियो ।
नोमिनेशन हेर्नुहोस्
उत्कृष्ट चलचित्र
दंगल
कपुर एन्ड सन्स
नीरजा
सुल्तान
उड्ता पन्जाब
उत्कृष्ट निर्देशक
अभिषेक चौबे– उड्ता पन्जाब
अली अब्बाज जफर – सुल्तान
करण जौहर – ए दिल है मुस्किल
नितेश तिवारी– दंगल
राम माधवानी– नीरजा
शकुन बत्रा– कपुर एण्ड सन्स
उत्कृष्ट कलाकार (पुरुष)
आमिर खान– दंगल
अमिताभ बच्चन– पिंक
रणवीर कपुर– ए दिल है मुस्किल
सलमान खान– सुल्तान
शाहरुख खान– फ्यान
शाहिद कपुर– उड्ता पन्जाब
सुशान्त सिंह राजपुत– एमएस धोनीः द अनटोल्ड स्टोरी
उत्कृष्ट कलाकार (महिला)
ऐश्वर्या राय बच्चन– सरबजीत
आलिया भट्ट– डियर जिन्दगी
आलिया भट्ट– उड्ता पन्जाब
अनुष्का शर्मा– ए दिल है मुस्किल
सोनम कपुर– नीरजा
विद्या बालन– कहानी २