Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा एक सय टन बढी तरुल उत्पादन – Gaule Khabar

नवलपरासीमा एक सय टन बढी तरुल उत्पादन

नवलपरासीमा एक सय टन बढी तरुल उत्पादन

चितवन,पुस २७ –

नवलपरासीमा मात्रै यस वर्ष एक सय टन भन्दा बढी तरूल उत्पादन भएको छ । ती मध्ये करिब ६० टन तरूल माघे संक्रान्तिलाई लक्षित गरी काठमाडौं पठाइएको छ । माघे संक्रान्तिमा तरूल खाने परम्परा रहेको छ । नवलपरासीको पहाडी क्षेत्रमा उत्पादित तरुल कावासोतीहुँदै झण्डै ६० टन तरूल काठमाडौं पठाइएको हो । थोक व्यापारीहरुले गाउँगाउँ गएर तरूल खरिद गरी काठमाडौं लगेका हुन् । त्यस्तै बाँकी तरूल चितवनको नारायणगढ, पोखरा र बुटवललगायतका सहरहरुमा खपत हुने गर्दछ ।

पहाडी गाविस जौवारी ५ का किसान एवम् व्यापारी लालबहादुर सारू मगरले नवलपरासीको जौवारी, रुचाङ्ग, धौवादी, अर्खला, नरम, देउरालीलगायतका गाविसहरुमा तरुल खेती राम्रो हुने गरेको बताए । उनले आफूले गाउँमा गएर ४० देखि ५० रूपैयाँ प्रति किलो ग्रामका दरले खरिद गरेर ल्याएको र काठमाडौंमा पठाइएको बताए । त्यस्तै अर्का व्यापारी इनबहादुर सिंगाली मगरले आफूले गाउँ गाउँमा गएर तरुल खरिद गरेको र काठमाडौं पठाएको बताए । उनले गाउँमा हात्ती पाइले तरूल प्रतिकिलो ६० रुपैयाँसम्ममा खरिद गरेर काठमाडौंमा ८५ रुपैयाँसम्ममा बिक्री गरेको जानकारी दिए । कृषि उपज बजार व्यवस्थापन समिति कावासोतीले तरुल कावासोतीमा जम्मा गरेर काठमाडौं, पोखरा, नारायणगढ, पोखरासम्म लैजाने व्यवस्था मिलाइदिएको छ ।

गत वर्ष ४० टन तरुल काठमाडौं पठाइएको र यस वर्ष ६० टन पठाइएको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले बताए । नवलपरासीको पहाडी क्षेत्रको पाखोबारी, डिल, आली तथा काल्लाहरुमा लगाइने यो तरुल बाली नवलपरासीको पहाडी क्षेत्रमा राम्रो उत्पादन हुने गरेको र यो नगदी बाली रहेको जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताए । तरकारीमा मिसाएर खान पनि मिल्ने र त्यसै उसिनेर पनि खान मिल्ने तरुल माघे संक्रान्तिमा बिहानै नदी, घाट तथा त्रिवेणीमा स्थान गरी घिउ, चाकु, तिलको लड्डु र तरुल खाने धार्मिक परम्परा रहेको छ । जसले गर्दा पनि माघे संक्रान्तिलाई लक्षित गरी तरुल बजारमा लगिन्छ । – चितवन पोष्ट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका