Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्युत प्राधिकरणमा २७७ जना फ्रेस कर्मचारी माग, उपनिर्देशकदेखि मिटर रिडरसम्म माग – Gaule Khabar

विद्युत प्राधिकरणमा २७७ जना फ्रेस कर्मचारी माग, उपनिर्देशकदेखि मिटर रिडरसम्म माग

विद्युत प्राधिकरणमा २७७ जना फ्रेस कर्मचारी माग, उपनिर्देशकदेखि मिटर रिडरसम्म माग

चितवन,पुस २७-

नेपाल विद्युत प्राधिकरणले २७७ जना कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ।अघिकृत स्तर (तह ९ सम्म) देखि ड्राइभर (तह ३) सम्म गरी २७७ कर्मचारी माग गरेको हो।  प्राधिकरणले उप–निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृत लगायत पदमा ५८ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले सहायक स्तरमा मिटर रिडिङ सुपरभाइजर (तह ५) ६ जना,  माग गरेको छ।

यस्तै लेखापाल (तह ५) मा ११ जना,  सुपरभाइजर (तह ५) मा ४ जना जनशक्ति माग गरेको छ। पदपूर्ति समितिले प्रकाशन गरेको सूचना अनुसार सुपरभाइजर सिभिल (तह ५) मा २ जना, सिनियर हेवी इक्वीपमेन्ट अपरेटर (तह ५) मा ४ जना, सिनियर मिटर रिडर (तह ४) १५ जना कर्मचारी माग गरेको छ। सहायक लेखापाल (तह ४) मा २६ जना, फोरमेन (तह ४) मा ५३ जना, फोरमेन सिभिलमा १ जना, फोरमेन ड्राइभरमा ३ जना कर्मचारीमा माग गरेको छ। मिटररिडर (तह ३) मा २१ जना, इलेक्ट्रिसियन (तह ३) ४६ जना, जुनियर मिस्त्री (तह ३) १ जना कर्मचारी प्राधिकरणले माग गरेको छ।

तह ३ को ड्राइभरका लागि ५ जनाको विज्ञापन प्राधिकरणले गरेको छ। समावेशी समानुपातिक प्रणाली अनुसार पदपूर्ति हुनेछ।दरखास्तका लागि अधिकृत स्तर तह १० का लागि दरखास्त शुल्क १५५० सय लाग्नेछ। तह ९ का लागि १२५०, तह ८ का लागि १०५०, तह ७ का लागि ९५० लाग्नेछ। यस्तै तह ५ मा ६२५, तह ४ मा ४२५, शुल्क लाग्नेछ।

दरखास्त फाराम नेपाल विद्युत प्राधिकरणको वेबसाइटबाट डाउनलोड गरी कर्मचारी पदपूर्ति माग गरिएका क्षेत्रीय कार्यालयमा समेत बुझाउन सकिनेछ।दरखास्तको समय माघ २७ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुरमा फागुन ५ गतेसम्म फाराम बुझाउन सकिनेछ। दरखास्तसाथ पासपोर्ट साइजको फोटो तीनप्रति, नागरिकताको प्रमाणपत्र र न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्र आवश्यक पर्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका