Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
फुकेतमा पर्यटन प्रवद्र्धन कार्यक्रम – Gaule Khabar

फुकेतमा पर्यटन प्रवद्र्धन कार्यक्रम

फुकेतमा पर्यटन प्रवद्र्धन कार्यक्रम

काठमाडौं, पुस २६ –

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावास र फुकेतस्थित अवैतनिक नेपाली कन्सुलेटले गत पुस २१ गते संयुक्तरुपमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रम समन्वय गर्न फुकेतस्थित गैरआवासीय नेपाली सङ्घ र थाई नेपाली सङ्घले पनि सहयोग गरेका थिए ।

कार्यक्रममा करिब एकसय ट्र्रभल एजेन्ट÷अपरेटर, पत्रकार तथा नेपाली सङ्घका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा फुकेतका सरकारी अधिकारी, उपगभर्नर सनित स्रिविहोक, जनसम्पर्क विभागका प्रमुख र फुकेत पर्यटन बोर्डका अध्यक्षलगायतको उपस्थिति थियो ।

सो अवसरमा फुकेतका लागि नेपाली महावाणिज्यदूत प्रानी सकुलपिपातना तथा राजदूत खगनाथ अधिकारीले नेपालका पर्यटन आवश्यकताबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा काउन्सिलर जङ्गबहादुर गुरुङले नेपालका प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटकको सम्भावनाबारे बोेल्नुभएको थियो भने प्रमुख सचिव रमेशकुमार चर्मकारले नेपालमा ट्र्रेकिङबारे प्रस्तुति गर्नुभएको थियो ।

सो अवसरमा उप गभर्नर सनित स्रिविहोक र गैरआवासीय नेपाली संघका प्रेम दनाइले पनि सम्बोधन गर्नुभएको थियो ।

सोही दिन राजदूत अधिकारीले फुकेतका गभर्नरसंग भेट गरी आपसी चासोका विषयमा छलफल गर्नु भएको थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका