Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वीरगन्जमा ध्वनि प्रदूषणको समस्या बढ्दो – Gaule Khabar

वीरगन्जमा ध्वनि प्रदूषणको समस्या बढ्दो

वीरगन्जमा ध्वनि प्रदूषणको समस्या बढ्दो

वीरेन्द्र कर्ण,

वीरगन्ज, पुस २६–

बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ ।

बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन् ।

यसैक्रममा वीरगन्जको माईस्थान चोकमा केही दिनयता सञ्चालनमा रहेको सप्ताहव्यापी धार्मिक कार्यक्रममा चारैतिर लाउडस्पीकर राखेर प्रवचन कार्यक्रम गर्नाले त्यस क्षेत्र वरिपरि करिब ५०० मिटर क्षेत्रभित्र रहेका व्यापारी र बटुवा ध्वनि प्रदूषणका कारण प्रभावित हुने गरेका पाइएको छ ।

ठूलो स्वरमा बाजा बजाउँदा हामी मात्र होइन, पसलमा आउने ग्राहक समेत प्रभावित हुने गरेकाले सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माईस्थानका पान व्यवसायी विनयकुमार चौरसियाको गुनासो रहेको छ ।

जीउ नै हल्लिने खालको साउन्ड प्रयोग गर्नु, जन्ती जाँदा पार्टीलगायतको काममा गाडीमा प्रयोग हुने ठूलो आवाजको हर्नले कतिपय स्थितिमा शारीरिक क्षति र बहिरो समेत बनाउने गरेको चिकित्सकको भनाइ रहेको छ ।

वीरगन्जका वरिष्ठ पत्रकार शङ्कर खतिवडा भन्नुहुन्छ बिहान र दिनभरिको ध्वनि प्रदूषणको कारण तनाव, झैझगडा, मानसिक विचलनलगायतको समस्या उत्पन्न हुने गरेको छ । धार्मिक, साँस्कृतिक कार्यको नाममा ठूलो स्वरमा बाजा बजाउनु विकृतिको रुप भएकाले सानो स्वरमा बाजा बजाउनु पर्दछ, उहाँको भनाइ छ ।

कार्यालयको समयमा सडकबाट जाने सवारीसाधनले ठूलो स्वरमा हर्न बजाउँदा दैनिक क्रियाकलापमा समस्या हुने गरेको छ । नगर क्षेत्रमा रहेका सुरक्षाकर्मीले सक्रियता नदेखाएकाले ध्वनि प्रदूषण बढ्न गएको हो जसको कारण सर्वसाधारणको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ ।

वीरगन्ज नगर क्षेत्रमा ध्वनिको समस्या रहेको स्वीकार्दै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले ठूलो स्वरमा बाजा बजाउनु यहाँको रीतिरिवाज नै भएको र सम्झाउँदा बुझाउँदा पनि सम्बन्धित पक्षले अटेर गर्ने गरेको बताउनुभयो ।

संस्कृति र संस्कारको नाममा ठूलो स्वरमा माइक बजाएर ध्वनि प्रदूषण गर्नु भनेको जनतामा चेतनाको अभाव हो । जबसम्म ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा कस्तो असर पर्छ, त्यसबारे चेतना जागृत हँुदैन, तबसम्म यो समस्या दिनप्रतिदिन बढ्दै जानेछ ।

निश्चित दायराभित्र रहेर कार्य गर्दा आवाज भएन भने विवाह, पूजा, भोजभतेर, प्रवचन, भजनकीर्तनमा मिठास आउँदैन भन्ने भनाइ आम नागरिकको रहेको छ ।

बजारभरिका पोलमा स्पीकर राखी ध्वनि फैलाउने क्रियाकलाप बढेपछि यसबाट प्रभावित हुने मानिसको सङ्ख्या पनि बढ्दै गएको छ ।

हाम्रो माग हो, वीरगन्ज नगर ध्वनि प्रदूषणमुक्त सहर हुनुपर्छ, वीरगन्ज नगरबासी एकै स्वरमा भन्छन् । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका