Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच सम्झौता – Gaule Khabar

ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच सम्झौता

ग्लोबल आइएमई बैंक र मास्टर कार्डबीच सम्झौता

काठमाडौं, पुस २५–

ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्डको issuer र acquirer प्रशोधन सेवा पुर्याउने उद्धेश्यले सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसनस, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दलले हस्ताक्षर गर्नुभयो । मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पल्ट नेपालमा ग्लोबल आइएमई बैंकलाई उपलब्ध गराउने भएको छ । जसबाट बैंकले आफ्ना ग्राहकहरुलाई अझ बढि सुरक्षित र छिटो भुक्तानी सुविधा प्रदान गर्ने छ ।
यस सम्झौता पश्चात मास्टर कार्डले ग्लोबल आइएमई बैंकलाई चाहिने सबै भुक्तानी नेटवर्कहरुलाई समर्थन गर्ने सेवा सुविधाहरु प्रदान गर्ने छ । यस साझेदारीबाट बैंकलाई डेविट, क्रेडिट र अन्य प्रकारका भुक्तानी कार्ड जारी गरी बजारमा क्यासलेस भुक्तानी प्रणली लागू गर्न मद्दत गर्ने छ ।
बैंकले ग्राहकहरुलाई सुरक्षित कार्ड सेवा प्रदान गर्नकोलागि नयाँ प्रविधिको चिप कार्ड पनि बजारमा ल्याई सकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका