चितवन, पुस २५–
नेपाली काँग्रेस चितवनको जागरण अभियान अन्र्तगत पश्चिम चितवनको चित्रवन नगरपालिकामा कार्यक्रम गरिएको छ ।
आज चित्रवन नगरपालिकाको वडा नम्बर ६ र ७ सातमा जागरण सभा तथा घरैदैलो कार्यक्रम गरिएको छ । संगठन सुदृढीकरण मात्र नभएर जनताको गुनासो सुन्ने माध्यमको रुपमा कार्यक्रम गरिएको नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले बताउनुभयो । चित्रवन ६ मा गरिएको जागरण सभामा बोल्दै प्रमुख अतिथि सचिव जोशीले जनताको समस्याका साथै विकास निमार्णका लागि जनताको माझ गएको भन्दै सक्रिय रुपमा जनतामा केन्द्रित हुन पार्टीका सबै तह तप्काकालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य दिनेश कोईरालाले जनताको साथ विनाको राजनीति सफल नहुने भन्दै काँग्रेसले जनताको पक्षमा काम गरेको बताउनुभयो । बोली मात्र काँग्रेस बलियो नहुने भन्दै विकासको पक्षमा काँग्रेस लागेको कोईरालाको भनाई थियो । बुथ सभापति आशमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक हरिविलास कोईराला, नगर सभापति शालिकराम पौडेल, अभियान सदस्य कमलनाथ पौडेल, सृजना अधिकारी, नेता भक्तबहादुर गुरुङ, महिला संघ वार्ड सभापति राधा चापागाई, प्राध्यापक संघका भानुभक्त अर्याल लगाएतले बोलेका थिए ।
यस्तै वडा नम्बर सातमा घरदैलो कार्यक्रम गरिएको छ । नागरिकको घरमा पुगी जनताको गुनासो सुन्ने काम गरिएको थियो । जिल्ला सचिव उत्तम जोशीको प्रमुख आतिथ्यता एवंम बुथ सभापति रामकृष्ण पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य दिनेश कोईराला, संयोजक कृष्णहरी शर्मा, क्षेत्रीय सचिव गोपाल दराई, भवानी अधिकारी लगाएतले बोलेका थिए ।