Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मञ्जरी फेसन मन्थको अडिसन सकियो – Gaule Khabar

मञ्जरी फेसन मन्थको अडिसन सकियो

मञ्जरी फेसन मन्थको अडिसन सकियो

चितवन, पुस २५–

चितवनमा पहिलो पटक सञ्चालन गर्न लागिएको मञ्जरी फेशन मन्थको अडिसन राउण्ड सकिएको छ ।
दोस्रो चरणको अडिसन पछि मञ्जरी फेशन मन्थको स्टेजमा २० जना महिला तथा पुरुष मोडलले आफ्नो प्रतिभा देखाउने भएका छन् । मञ्जरी फेशन मन्थ हरेक तीन/तीन महिनामा आयोजना गरिने आयोजक मञ्जरी ग्रुपका अध्यक्ष बिशाल आलेले बताउनु भयो । अडिसनमा मञ्जरी ग्रुपका डाइरेक्टर निश्चल चापागाई, फेशन डिजाइनर नताशा आनन्द, कोरियोग्राफर प्रज्ञा तिवारी र मिस एरोमा चितवन इशा प्रधानले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
फाइनल कार्यक्रममा ३ वटा थिममा मोडलले आफुहरुलाइ प्रस्तुत गर्ने आयोजकको दावी रहेको छ । प्रतियोगितामा चितवनका मोडलहरुको सहभागिता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका