Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पन्ध्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र – Gaule Khabar

पन्ध्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

पन्ध्रौँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

पोखरा, पुस २५–

सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहनेछ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ हुन लागेको सो प्रतियोगितामा कुल रु एक करोड सात लाख ८२ हजार आम्दानी र रु ८२ लाख ९२ हजार ३०० खर्च हुने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट बचत भएको रकम क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा खर्च गरिने बताएको छ ।

एकेडेमीमा हाल १६ जिल्लाका २८ जना कठिन र विपन्न अवस्थाका बालकलाई निःशुल्क शिक्षादीक्षा र स्वास्थ्य सुविधा प्रदान गरिँदै आएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका