WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bm4Fxh9WdJ65XupsDiuPEkqt4HL8hU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-08 02:56:08', '', 'admlnlx', 'admlnlx')
हेटौंडा, पुस १३–
पशु बिकास र्फम पोखराले हेटौंडाको स्रोत केन्द्र स्वरोजगार बंगुर पालक कृषक समूहका सदस्यहरुलाई उन्नत जातका बंगुरका पाठा वितरण गरेको छ ।
पाठा बितरण कार्र्यक्रमका प्रमुख अतिथी तथा जिल्ला पशु सेवा कार्यलय मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधानले समूहका उपाध्यक्ष सन्तकुमार बिकलाई बंगुरको पाठा दिई कार्यक्रम उद्घाटन गरेका हुन् । पशु बिकास फर्म पोखराको बाह्य कार्यक्रम बंगुर स्रोत बिकाश कार्यक्रम अन्तर्गत प्रजनन्को लागी उन्नत जातका बंगुरको भाले पाठा बितरण गरीएको कार्यक्रम संयोजक तथा पशु बिकास फर्म पोखराका पशु सेवा प्रबिधिक दिपेन्द्र लामिछानेले बताए ।
चितवन र मकवानपुरमा गरी जम्मा ४० ओटा पाठा र आन्तरिक तथा बाह्य परिजिवी बिरुद्ध औंषधी र स्वाईनफिबर रोग बिरुद्धको खोपको समेत ब्यवास्था मिलाईएको प्रबिधिक लामीछानेले बताए ।