Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान कार्यान्वयनमा प्रमुख दल एक हुनुपर्दछः मन्त्री पाण्डे – Gaule Khabar

संविधान कार्यान्वयनमा प्रमुख दल एक हुनुपर्दछः मन्त्री पाण्डे

संविधान कार्यान्वयनमा प्रमुख दल एक हुनुपर्दछः मन्त्री पाण्डे

काठमाडौं पुस १३ –

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान निर्माणमा सक्रिय रहेका प्रमुख राजनीतिक दलहरु संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो – “अहिलेको राजनीतिक गतिरोध अन्त्यगरी संविधान कार्यान्वयनको पाटोमा प्रमुख राजनीतिक दल एक भएर लाग्नुको विकल्प छैन् ।’

मन्त्री पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने बताउँदै “सिमाना निर्धारण आयोगले तयार पारेको प्रतिवेदन केही दिनमै प्रधानमन्त्रीले बुझ्नु हुनेछ, त्यसलगत्तै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ ।”

कसैले चाहेर पनि अब निर्वाचन रोक्न नसक्ने चर्चा गर्दै उहाँले सरकारले स्थानीय निकायको नभएर स्थानीय तहको निर्वाचनको तयारी गरेको छ भन्नुभयो ।

मन्त्री पाण्डेले एमाले अहिले निर्वाचनको बाधक भएको आरोप लगाउँदै प्रतिपक्षको संसद् अवरोधकै कारण निर्वाचन सम्बन्धी विधेयक टेबुल हुन नसकेको बताउनुभयो ।

तोकिएको समयमा निर्वाचन गर्नु संविधान कार्यान्वयनको सफल पक्ष भएको बताउँदै उहाँले वर्तमान समयमा सबै अवरोधको गाँठो फुकाल्ने उपयुक्त माध्यम नै संसद् भएकोले यसको अवरोध अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेले संविधान संशोधन विधेयक संसद्मा दर्ता भइसकेको र अब फिर्ता नहुने स्पष्ट पार्दै प्रतिपक्षलाई लोकतान्त्रिक अभ्यासमा आउन आग्रह गर्नुभयो ।

संविधान संशोधन मधेस, थारु र जनजातीको माग सम्बोधनका साथै संविधान कार्यान्वयनको सवल पाटो भएको उल्लेखगर्दै उहाँले संविधान संशोधनलाई अझ रचनात्मक रुपमा अगाडि बढाउन र संविधान कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्दछ भन्नुभयो ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका