इटहरी,पुस १३ –
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको उपाधि नेपाल आर्मीले जितेको छ ।
इटहरी रंगशालामा बुधबार भएको फाइनल खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफलाई ३-० को सोझो सेटमा हराउँदै स्वर्णपदक जितेको हो ।
यसैगरी महिला भलिबलको उपाधिका लागि बुधबार नै एपीएफ र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुँदै छ ।