Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बलिउडका यी हस्तीः जसको धेरै पटक प्रेम भयो तर विवाह भने हुन सकेन – Gaule Khabar

बलिउडका यी हस्तीः जसको धेरै पटक प्रेम भयो तर विवाह भने हुन सकेन

बलिउडका यी हस्तीः जसको धेरै पटक प्रेम भयो तर विवाह भने हुन सकेन

पुस १३ –

बलिउड सुपरस्टार सलमान खान ५१ वर्ष पुगे । उनी बलिउडका टप योग्य अविवाहितमा पर्छन् । सलमान खानले विवाह नगरेका हुन्, तर संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, क्याटरिना कैफ, लुलिया वन्तुरसहित उनका कैयौँ चर्चित प्रेमगाथाहरु छन्, र, झन्डै यति नै युवतीहरुसँग नाम जोडिएको पनि थियो । सायद सलमान बलिउडका एक्ला नायक हुन्, जसलाई सबैभन्दा धेरै पटक प्रेम भयो, तर अफसोच, अहिलेसम्म विवाह भने हुन सकेन ।
सलमानबाहेक बलिउडमा यस्ता धेरै ३५ पार स्टार छन्, जसले अहिलेसम्म विवाह गरेका छैनन् । यसमध्ये एक हुन्–
कमेडियन, टेलिभिजन प्रस्तोता साथै नायक कपिल शर्मा ।
उनका फ्यानहरु कपिल विवाह बन्धनमा बाँधिउन भन्ने चाहन्छन् । तर, ३५ पार गरेका कपिललाई विवाहको कुनै हतारो छैन ।

 

 

मुकेश खन्ना
उमेरः ५८ वर्ष
मुकेश खन्ना एक भारतीय धारावाहिक तथा चलचित्र अभिनेता हुन् । उनको जन्म २३ जुन सन १९५८ मा मुम्बई महाराष्ट्रमा भएको थियो । उनको चलचित्र करियरको सुरुआत सन् १९८२ मा बनेको चलचित्र ‘रूह’ बाट सुरु भएको थियो । यिनले चलचित्रमा आफ्नो छवि ‘महाभारत’ मा ‘भीष्म’ को अभिनयबाट बनाएका थिए । यसैगरी ‘शक्तिमान’ धारावाहिकमा ‘शक्तिमान’ बनेर भूमिका निर्वाह गरेका थिए । यिनले सयौँ हिन्दी चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

 

 

 

 

 

 

 

मनिष मल्होत्रा (व्यावसायिक फेशन डिजाइनर)
उमेरः ५१ वर्ष
मनिष मल्होत्रा बलिउडका महसुर फेशन डिजाइनर हुन् । भारतीय सिनेमा र सौन्दर्य उद्योगका हस्तीहरु उनको डिजाइनमा र्याम्पमा उत्रन्छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

राहुल बोस (कलाकार, निर्देशक)
उमेरः ४९ वर्ष
हिन्दी चलचित्रमा राहुल बोस कलाकार र निर्देशकका रुपमा ख्याती कमाएका छन् । उनले सन १९९८ मा आएको ‘बम्बे बोइज’ देखि सन २०११ को ‘कुछ लव जैसा’ सम्म २३ चलचित्रमा काम गरेका छन् भने, ‘एभ्री बडी सेज आइम फाइन’ को निर्देशन गरेका छन् ।

करन जौहर निर्माता, निर्देशक
उमेरः ४४ वर्ष
करण जौहर एक प्रसिद्ध भारतीय चलचित्र निर्देशक, उत्पादक, चलचित्र लेखक, कस्ट्युम डिजाइनर, अभिनेता र टेलिभिजन प्रस्तोता हुन् । उनी धर्मा प्रोडक्सनका प्रमुख हुन् । उनी सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र उत्पादकका रुपमा नामी छन् । भारतीय चलचित्रमा पाश्चात्य अनुभूति भित्र्याउने श्रेय करणलाई जान्छ । उनी आदित्य चोपडाको चलचित्र ‘दिलवाले दुल्हनिया ले जायेंगे’ चलचित्रबाट अभिनयमा प्रवेश गरेका हुन् । अत्यधिक सफल चलचित्र ‘कुछकुछ होता है’ बाट उनले आफ्नो निर्देशनको करियर सुरु गरेका थिए । यो चलचित्रबाट उनलाई सर्वश्रेष्ठ निर्देशक, पटकथाकार लागि फिल्मफेयर पुरस्कार प्राप्त भएको थियो ।

अक्षय खन्ना
उमेरः ४१ वर्ष
अक्षय खन्ना हिन्दी चलचित्रका अभिनेता हुन् । उनी सत्तरीअसीको दशकका चर्चित अभिनेता विनोद खन्नाका छोरा र प्रसिद्ध भिजे एवम् अभिनेता राहुल खन्नाका भाइ हुन् । उनले सन १९९७ को ‘हिमालयपुत्र’ देखि २०१६ को ‘डिसुम’ सम्म झण्डै तीस बढी चलचित्रमा नायक र सहनायकको भूमिका निर्वाह गरेका छन् ।

 

 

 

 

 

 

 

 

प्रभास

उमेरः ३७ वर्ष
प्रभास राजु उप्पलपाटी एक भारतीय चलचित्र अभिनेत हुन् । मुख्य रुपमा प्रभास तेलुगु चलचित्रमा काम गर्छन् । उनी भारतीय चलचित्र जगतको सबैभन्दा महँगो चलचित्र बाहुबलीका नायक पनि हुन् । र, यसबाटै उनी अत्यधिक चर्चाको शिखरमा पुगे ।
उनले सन २००२ मा आएको ‘ईश्वर’ देखि ‘बाहुबली दी बिगिनिङ’ सम्म झण्डै २० वटा चलचित्रमा काम गरिसकेका छन् ।

तुषार कपुर
उमेरः ४० वर्ष
तुषार कपुर भारतीय चलचित्र क्षेत्रका चिनिएका अभिनेता हुन् । उनी भारतीय अभिनेता जितेन्द्रका छोरा र टेलिभिजन तथा चलचित्र जगतकी निर्माता एकता कपुरका भाइ हुन् । तुषारले सन २००१ म चलचित्र ‘मुझे कुछ कहना है’ बाट आफ्नो करियर सुरु गरेका थिए ।

राहुल खन्ना (चलचित्र अभिनेता)
उमेरः ४४ वर्ष

अरमान कोहली (चलचित्र अभिनेता)
उमेरः ४४ वर्ष

डिनो मोरिया ९चलचित्र अभिनेता०
उमेरः ४१ वर्ष

अभय देओल (चलचित्र अभिनेता)
४० वर्ष

वीर दास (चलचित्र अभिनेता)
उमेरः ३७ वर्ष

हरमन बावेजा (चलचित्र अभिनेता)
३६ वर्ष

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका