Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ, भाग्न खोज्दा लडेर घाइते – Gaule Khabar

घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ, भाग्न खोज्दा लडेर घाइते

घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ, भाग्न खोज्दा लडेर घाइते

काठमाडौं,पुस १३-

१ अर्ब ६० करोड रुपैयाँ ठगी गरेर फरार रहेका हाउजिङ व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महराजगन्ज र फैसला कार्यान्वयन एकाइको टोलीले बस्नेतलाई मंगलबार राति ११ बजे धापासीबाट पक्राउ गरेको हो । अदालतको फैसलापछि भारत र काठमाडौंको विभिन्न स्थानमा लुकेर बस्दै आएका बस्नेतलाई उनको निवासबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले पुष्टि गरे ।

एसपी कार्कीले बाह्रखरीसँग भने, “बस्नेत फरार अभियुक्त हुन् । फैसला कार्यान्वयन इकाइले उनको खोजी गरेको थियो । बानेश्वरको डेरा सरी धापासी पुगेको खबर पाएपछि प्रहरीले पिछा गरेको थियो । राति ९ः३० बजे घर छिरेका बस्नेतलाई प्रहरीले ११ बजे पक्राउ गर्यो ।”
प्रहरीका अनुसार बस्नेत पहिला बानेश्वर क्षेत्रमा बस्थे, पक्राउ पर्ने डरले उनी पछिल्लो समय धापासी सरेका थिए ।

राति प्रहरीले घर घेरेको थाहा पाएपछि बस्नेत घरको पर्खाल नाघेर भाग्न खोजेका थिए । भाग्न लाग्दा बस्नेत भर्याङमा लडेर हातमा चोट लागेको प्रहरीले जनाएको छ ।बस्नेतले  कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट ७० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ, प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ लिएर फरार भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका