Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सप्तरीको पूर्वी भेगमा हात्ती आतङ्क – Gaule Khabar

सप्तरीको पूर्वी भेगमा हात्ती आतङ्क

सप्तरीको पूर्वी भेगमा हात्ती आतङ्क

सप्तरी,पुस १३ –

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने गरेको जङ्गली हात्तीले सप्तरीको पूर्वी भेगमा आतङ्कित बनाएको छ ।

त्यहाँका बासिन्दालाई जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

आरक्षबाट दैनिकजसो रातको समयमा आउने अर्ना, हात्ती र बँदेलका कारण सो ठाउँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएको सप्तरीको पोर्ताहा गाविस–५ निवासी घोषिन उत्थान मञ्चका केन्द्रीय अध्यक्ष शोभितलाल पघैयाले बताउनुभयो ।

हात्ती आरक्षबाट निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउँदै गहँुबालीमा समेत ठूलो क्षति गर्ने गरेको उहाँले बताउनुभयो ।

ती हात्तीले गाउँ पसेर बालीनाली खानको साथै गहँुबाली कुल्चेर नष्ट गर्ने गरेको बताइएको छ ।

दुई दिन अगाडि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको हात्तीले सप्तरीको भारदह–९ स्थित भलुवामा एक जनालाई लखेटेर मारेको थियो ।

जिल्लाको भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुरलगायतका गाउँँमा दिनुहँु हात्ती आउने गरेको छ ।- रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका