Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रत्न पत्थर उत्खननका लागि पहल सुरु – Gaule Khabar

रत्न पत्थर उत्खननका लागि पहल सुरु

रत्न पत्थर उत्खननका लागि पहल सुरु

डोटी, पुस १३–

नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई पत्ता लगाउन र उत्खननका निम्ति पहल सुरु भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति डोटीले जिल्लाका विभिन्न स्थानमा रहेका नदी, पहाडी र लेकाली क्षेत्रमा पाइने रत्न पत्थरका विषयमा तीनमहिने तालिम दिन सुरु गरिएको छ । देशमा बेरोजगारी समस्या बढ्दै गएका बेला यस्ता आधारभूत तालिमले यहाँका जनताको जीवनस्तर उकास्नमा थप टेवा मिल्ने समितिका कार्यकारी निर्देशक माधव सुवेदीले राससलाई जानकारी दिनुभयो ।

गत वर्ष पनि समितिले जिल्लामा सोसम्बन्धी तालिम सञ्चालन गरेको थियो । सो तालिमले धेरैलाई सीप प्रदान गरी आत्मनिर्भर गराउने डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।

रत्न पत्थरसम्बन्धी जानकारी नहुँदा यहाँका बहुमूल्य ढुङ्गा गिट्टी, बालुवामा परिणत भएको तथा भारतीय नाकाद्वारा चोरी–निकासी भइरहेको पत्रकार मिलन परियारले बताउनुभयो । उहाँले भारतीयहरु नेपालमा आई बहुमूल्य ढुङ्गा चिनेर नम्बर हाल्ने र यहाँका केही व्यक्तिको संलग्नतामा निकासी गर्ने प्रति पनि सजग हुनुपर्नेमा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका