WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bzy/zG/0ZAG43Rdhn4XkHUbDiy6vP8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 17:40:36', '', 'admlnlx', 'admlnlx')
डोटी, पुस १३–
नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई पत्ता लगाउन र उत्खननका निम्ति पहल सुरु भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति डोटीले जिल्लाका विभिन्न स्थानमा रहेका नदी, पहाडी र लेकाली क्षेत्रमा पाइने रत्न पत्थरका विषयमा तीनमहिने तालिम दिन सुरु गरिएको छ । देशमा बेरोजगारी समस्या बढ्दै गएका बेला यस्ता आधारभूत तालिमले यहाँका जनताको जीवनस्तर उकास्नमा थप टेवा मिल्ने समितिका कार्यकारी निर्देशक माधव सुवेदीले राससलाई जानकारी दिनुभयो ।
गत वर्ष पनि समितिले जिल्लामा सोसम्बन्धी तालिम सञ्चालन गरेको थियो । सो तालिमले धेरैलाई सीप प्रदान गरी आत्मनिर्भर गराउने डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो ।
रत्न पत्थरसम्बन्धी जानकारी नहुँदा यहाँका बहुमूल्य ढुङ्गा गिट्टी, बालुवामा परिणत भएको तथा भारतीय नाकाद्वारा चोरी–निकासी भइरहेको पत्रकार मिलन परियारले बताउनुभयो । उहाँले भारतीयहरु नेपालमा आई बहुमूल्य ढुङ्गा चिनेर नम्बर हाल्ने र यहाँका केही व्यक्तिको संलग्नतामा निकासी गर्ने प्रति पनि सजग हुनुपर्नेमा जोड दिनुभयो ।