काठमाडौं, पुस १३–
लिभरपुलले स्टोक सिटीलाई ४–१ ले पराजित गरेको छ । जीतसंगै लिभरपुर उपाधि दौडमा अब्बल राखेको छ र उसले म्यानचेस्टर सिटीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
लिग मंगलबार राति भएको खेलमा लिभरपुलका लागि लिभरपुलको जितमा एडम लालना, रोबर्टो फिरमिनो र ड्यानिएल स्टरेजले गोल गरे । स्टोक सिटीका जानेली इम्बुलाले आत्मघाती गोल गरे। स्टोक सिटीका लागि जोन वाल्टर्सले एक गोल फर्काएका थिए।
जितपछि लिभरपुलको १८ खेलबाट ४० अंक भएको छ। शीर्ष स्थानमा रहेको चेल्सी ६ अंकले अघि छ।
यस्तै तेस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३९ अंक छ।