Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बालकोटको रात्रि भोजमा प्रचण्डलाई हटाउन देउवा र ओली सहमत ! – Gaule Khabar

बालकोटको रात्रि भोजमा प्रचण्डलाई हटाउन देउवा र ओली सहमत !

बालकोटको रात्रि भोजमा प्रचण्डलाई हटाउन देउवा र ओली सहमत !

काठमाडौं, पुस १२ –

प्रमुख दलहरुवीच असमझदारी बढिरहेको बेला सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच डिनर मिटिङ् भएको छ । सत्तारुढ दल र प्रतिपक्षी दलहरुवीच सम्बन्ध चिसिएको बेला एकाएक देउवा र ओलीवीच डिनर मिटिङ् भएपछि राजनीति पूनः तरंगित बनेको छ ।

सोमबार सभामुख ओनसरी घर्तीमगरले आह्वान गरेको ७ दलको बैठकपछि काँग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरस्थित् ओली निवास बालकोटमा पुगेका थिए । उच्च स्रोतका अनुसार यतिवेला देउवा र ओली एकाएक अहिले नजिक बनेका छन् । सोमबार साँझसम्म चलेको भेटवार्तामा एमाले अध्यक्ष ओली निकै गम्भिर रुपमा प्रस्तुत भएका थिए । हुन त देउवालाई पनि अबको प्रधानमन्त्री मै हुँ भन्ने कुरा राम्रो सँग थाहा छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सहजै रुपमा सत्ता हस्तान्तरण गर्लानजस्तो देउवालाई पनि लागेको छैन् । त्यसैले उनी यतिवेला प्रष्ट रुपमा प्रचण्डलार्ई हटाउनको लागि ओलीले सहयोग गर्न सक्छन् भन्ने उद्देश्य लिएर अघि बढेका छन् । यी यस्तै खाले उद्देश्य लिएर हिजो दुई नेतावीच रात्रिभोज पनि भयो ।

स्रोतका अनुसार पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले अब प्रचण्ड नेतृत्वको सरकारले समस्याको समाधान गर्न सक्दैन भन्ने निश्कर्ष देउवालाई सुनाएका थिए । उनले देउवालाई प्रचण्ड नेतृत्वको सरकार ततकाल विस्थापित गर्नुपर्ने धारणा राखेका थिए । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘प्रचण्डको सरकार ढाल्नको लागि एमालेले सहयोग गर्छ र तर एमाले सरकारमा जाँदैन, देउवाजी अब तपाई प्रधानमन्त्री बन्नुहोस्, हामी बाहिर बसेर सहयोग गर्छों । तर पर्यो भने हामी सरकारमा पनि जान सक्छौं । अहिले त हाम्रो एकसूत्रीय माँग भनेको प्रचण्डको विस्थापन नै हो ।’

अध्यक्ष ओलीले अहिले संविधान संशोधन प्रस्तावलाई थाँती राखेर अघि बढ्नुपर्ने बारेमा पनि काँग्रेस सभापति देउवासँग छलफल गरेका थिए । मुलुक अत्यन्तै कठिन मोडमा पुगेको चिन्ता व्यक्त अध्यक्ष ओलीले भनेका थिए,‘ प्रचण्ड नेतृत्वको सरकारलाई देशको स्वतन्त्रता र सार्वभौमसत्तामाथि प्रचण्ड नेतृत्वको सरकारले धावा बोलेको छ । कसैको ईशारामा चलेको हो भन्ने कुरा प्रष्ट भैसक्यो । अब काँग्रेस र एमाले मिल्दा मुलुकको भलो हुन्छ । दुई तिहाई पनि पुग्छ ।’

जवाफमा देउवाले आफू प्रचण्डलाई हटाउनको लागि तयार भएको आश्वासन अध्यक्ष ओलीलाई दिए । तर उनले ओलीसँग संविधान कार्यान्वयन हुने आधार र चुनाव सम्पन्न गर्ने कुराको स्पष्ट आधार माँगे । त्यतिमात्रै होईन, उनले संविधान संशोधनमा ओलीको दृष्टिकोण समेत माँगे । उता उनको भनाई खस्न नपाउँदै ओलले भने,‘अहिले म संशोधन प्रस्तावमा केही सहयोग गर्न सक्दिन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका