Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महिला क्रिकेटमा विवादः पूर्वाञ्चललाई स्वर्ण – Gaule Khabar

महिला क्रिकेटमा विवादः पूर्वाञ्चललाई स्वर्ण

महिला क्रिकेटमा विवादः पूर्वाञ्चललाई स्वर्ण

इटहरी, पुस १२–

सातौँ राट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरीको डिभिएम खेल मैदानमा भएको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता विवादकाबीच आज सम्पन्न भयो ।

पूुर्वाञ्चल र सशस्त्र प्रहरीे एपिएफबीच आज भएको अन्तिम खेलमा एपिएफका तर्फबाट आठ बल खेल्न बाँकी छँदा दुबै पक्षबीच विवाद उत्पन्न भएको थियो ।

एपिएफले गरेको प्रहार पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रोके वा नरोकेको भन्ने बिषयमा सुरु भएको विवाद उग्र रुप लियो । एपिएफले आफ्नो प्रहारबाट चौका प्राप्त गरेको जिकिर गरिरहँदा निर्णायकले चौका नआएको बताउँदै खेल नियमितरुपमा सुरु गर्न पटक पटक आग्रह गर्दा पनि खेल सुरु हुन सकिएन् ।

विवादपछि एपिएफका अफिसियल र खेलाडीले आफूलाई चौका नदिए नखेल्ने निर्णय गरें । पटक पटक खेल सुरु गर्न आग्रह गर्दा पनि एपिएफले खेल्न नमानेपछि निर्णायकले स्वत पूर्वाञ्चल विजयी भएको घोषणा गरें ।

एपिएफको टोलीमा अन्तर्राष्ट्रिय खेलको अनुुभव सङ्गालेका खेलाडीको दबदबा थियो भने पूर्वाञ्चलमा समेत राष्ट्रियस्तरका निकै राम्रा खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिस्प्रधात्मक खेलमा विवाद निस्किएपछि डिभिएम स्कुलको खेल मैदान केही समय तनावग्रस्त देखिन्थें । पटक पटकको आग्रहलाई अस्वीकार गरेपछि निर्णायक अघित प्रधानले एपिएफका खेलाडी मैदानमा नआएकै कारण पूर्वाञ्चल टोलीलाई विजयी घोषित गर्न बाध्य भएको निर्णय सुनाउन मैदानमा आएका थिए ।
घोषणापछि एपिएफले रजत पदकसमेत त्यागेको घोषणा गर्दै खेल मैदानबाट बाहिरिएको थिए । सो अवसरमा एपीएफकी टिम क्याप्टेन बिनु बुढामगरले आफूलाई अन्याय गरेको गुनासो सुनाइन् ।

त्यस्तै पूर्वाञ्चलकी टिम क्याप्टेन कविता गौतमले खेलमा एपिएफले सहभागिता जनाएको भए जित्ने सम्भावना रहेको बताइन् । तर अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी टिमले खेल नै बहिस्कार गरेर हिँड्नु ठीक नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका