Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्यालयबाट छ लाख मूल्य बराबरको नौ थान कम्प्युटर चोरी – Gaule Khabar

विद्यालयबाट छ लाख मूल्य बराबरको नौ थान कम्प्युटर चोरी

विद्यालयबाट छ लाख मूल्य बराबरको  नौ थान कम्प्युटर चोरी

राजविराज, पुस १२ –

सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरिया जनता माध्यमिक विद्यालयबाट नौ थान कम्प्युटर सेट गएराति चोरी भएको छ ।

उक्त विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाधारअन्तर्गत कम्प्युटर विज्ञान विषयको अध्यापनका लागि जडान गरिएको कम्प्युटर चोरी भएको विद्यालयले जनाएको छ ।

करिब रु छ लाख मूल्य बराबरको कम्प्युटरसहितका सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक सूर्यनारायण यादवले जानकारी दिनुभयो ।

कक्षा ९ बाट कम्प्युटर विषयको डिप्लोमा स्तरको पढाइ सुरु गर्ने उद्देश्यले विद्यालयमा जडान गरिएको कम्युटरसहितका प्राविधिक सामान चोरी भएपछि पढाइ प्रभावित भएको छ ।

सप्तरीको फत्तेपुर, बरसाइन र खुरहुरीयासहित तीन ठाउँका सामुदायिक विद्यालयमा कम्प्युटरको पढाइ सञ्चालन हुँदै आएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जनता माध्यमिक विद्यालय खुरहरियामा कम्प्युटरको पढाइको लागि ४८ जना छात्रछात्रा अध्ययनरत रहेका छन् ।

लौनियाँ गाविस विद्यालय भर्ना घोषणा

शिक्षा पाउने सम्पूर्ण बालबालिकाको अधिकार हो भने नाराका साथ सोमबार सप्तरीको लौनियाँ गाविसलाई पूर्ण शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ ।

क्षेत्र नं ३ का सांसद एवम् पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवको प्रमुख आतिथ्यिमा सम्पन्न भएको कार्यक्रममा सो गाविसलाई विद्यालय भर्ना घोषणा गरिएको हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका