चितवन, पुस १२–
चितवन प्रहरीले चोरीका सवारी साधनहरु माथि विशेष अप्रेशन चलाएको छ । जिल्ला नयाँ प्रहरी उपरीक्षक दीपक थापा आएपछि एक महिना अवधिमा सबैभन्दा बढि चोरीका सवारी साधनहरु माथि कारवाही गरिएको छ ।
चोरीका गाडीको ईन्जिन र पाटपुर्जा बरामद गर्नुको साथै चोरीका मोटरसाईकलहरु बरामद भएका छन् । आज पत्रकार सम्मेलनगरि चितवन प्रहरीले पछिल्लो एक महिनाको कार्यप्रगति विवरण सार्वजनिक गदै यस्तो जानकारी दिएको छ । प्रहरीको विशेष टोलीले भरतपुरको लोकोमोटिभ मोटर्स वर्कशपमा खानतलासी गर्दा कागज पत्र विनाका गैरकानुनी ढंगले लुकाई राखेको अवस्थामा गाडीका इन्जिन र पाटपुर्जा बरामद गरेको छ । प्रहरीले वर्कशप संचालक फणिन्द्र भण्डारीलाई पक्राउ समेत गरेको छ । प्रहरीले सो वर्कसपबाट तीन वटा सेन्ट्रो कार, टाटासुमो र टाटा सफारी गाडीको इन्जिन समेत बरामद गरेको छ ।
यस्तै प्रहरीले मोटरसाईकल चोरी गरि स्वरुप र नम्बर परिवर्तनगरि बेचबिखन गर्ने व्यक्तिहरुलाई समेत पक्राउ गरेको छ । प्रहरीले यही पुसमा मात्रै दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन खैरहनी नगरपालिका–२ बस्ने वर्ष २५ का कपुर विक र रत्ननगर नगरपालिका–८ बकुलहरमा रहेको मनकामना वर्कशप एण्ड रिकण्डीशन पसलबाट दुई थान मोटरसाईकलसहित संचालक नारायणी नगरपालिका १० बस्ने वर्ष २५ का आश्विन श्रेष्ठलाई पक्राउ गरिएको एसपी दीपक थापाले जानकारी दिनुभयो । रत्ननगर नगरपालिका १३ बस्ने ३५ वर्षीय दिपु भन्ने दीपेन्द्र कुमार श्रेष्ठ भने फरार रहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरी गस्ती टोलीले पुस २ गते भरतपुर–४ स्थित एउटा रातो रङको सुजुकी मारुती कार फेला परेपछि प्रहरीले बरामद गरि राखेको छ । ईन्जिन नम्बर.FL00N 4427530, च्यासिस नम्बर MA3EED 81500603379 भएको DL 8C NB 2118 नम्बरको भारतिय नम्बर प्लेट लगाएको गाडी बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।
उक्त गाडीको सम्बन्धमा भन्सार कार्यालयमा लेखापढी गरी धनी नखुलेको खण्डमा आवश्यक कानुनी कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैयामा बुझाईने प्रहरीले जनाएको छ ।
संख्या फेला परेको नम्बर इन्जिन नम्बर च्यासिस नम्बर कम्पनी मोडेल र रङ
१. बा ४० प ६९५६ JC36E9377873 ME3JC366D98242039 कालो, सेतो रङको होण्डा साईन
२. ना ५ प ४५९५ 5TS 4061697 06C5TS 4061697 कालो रङको यमाहा
३. ग १ प९३० SA10EA8HH10506 MBLHA10EJ8HH06347 कालो रङको हिरोहोण्डा
४. ना १ प ६८८४ 96E17E 02649 98E19F 03648 कालो रङको हिरोहोण्डा
५. ना १७ प २८४९ DKJBTD 68809 MD2DHDKZT0D67051 निलो रङको पल्सर २२०
६. बा ३ प ७९५० 1L1318900 1L1318900 निलोकालो रङको स्कर्ट
७. लु ४ प ९८७३ 07CBMM 09363 07CB9C 11391 कालो रातो रङको हिरोहोण्डा CBZ
८. ना ८ प ८११४ JC36E 9056953 ME4JC366E 78011033 कालो रङको होण्डासाईन
९. बा ३० प ३५७ DHGBRD 44284 M020HDHZZRCD42160 कालो रङको पल्सर १५०
१०. ना ७ प ९१२७ JC36E9429093 ME4JC0368F98104905 कालो रङको होण्डासाईन
११. ना २ प १९७७ 99K17M 16534 99K19C16889 कालो रङको हिरोहोण्डा
१२. ना ४ प ३२०९ 0E1E 42071756 MD624CE 1742E28539 कालो रङको TVS
१३. ना १४ प ५१४४ 45X10 35514 ME145S01LA 2035594 कालोसेतो हिरोहोण्डा CBZ
१४. ना २ प ७३१६ 01C18E 18328 01C20F 18838 हरियो रङको हिरोहोण्डा
१५. बा ३ प ७७२ 06CACE 08651 06CACF 05907 कालो रङको हिरोहोण्डा स्प्लेण्डर
१६. बा २२ प ४०२३ DHGBMC 02649 MD2DHDHZZNCC66899 कालोरङको पल्सर
१७. ना २ प ७६१० 01D21MN 2452 01D210 12543 कालो रङको हिरोहोण्डा
१८. बा १२ प ९७७५ 02G18E 33410 02G20F 34830 कालो रङको ह रोहोण्डा
१९. ना २० प ३९८३ DHGBUG 01571 MD2DHDHZZUCG06173 निलोकालो पल्सर १५०
२०. ना १५ प ५५३२ JBMBS1170180 PAZZSWM 11702 बजाज डिसकोभर
२१. ना १२ प ८४९१ NGBP 045742 MDZUSJMZZPCO39741 रातो रङको बजाज डिस्कोभर
२२. ना ३६ प २७४९ ME4JF393FF7018 निलो रङको यामाहा DIO स्कुटी
२३. ना ३९ प ५०२ 35B 2006048 ME135BD298 2006044 निलो रङको यमाहा
२४. ना ४४ प ४१०२ DHGBSD05929 MD2DHDHZZSCD10399 बजाज पल्सर