Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा भूकम्पपछिको पुनर्निर्माणः पुस २० गतेबाट सर्वेक्षण, ५२ जना इन्जिनियर खटिँदै – Gaule Khabar

चितवनमा भूकम्पपछिको पुनर्निर्माणः पुस २० गतेबाट सर्वेक्षण, ५२ जना इन्जिनियर खटिँदै

चितवनमा भूकम्पपछिको पुनर्निर्माणः पुस २० गतेबाट सर्वेक्षण, ५२ जना इन्जिनियर खटिँदै

दिपेन्द्र अधिकारी 
चितवन,पुस १२-

भूकम्पका कारण क्षतिग्रस्त घर तथा अन्य भौतिक संरचनाको तथ्यांक संकलनका लागि चितवनमा ५२ जना इन्जिनियर खटिने भएका छन् । आगामी पुस २० गतेबाट इन्जिनियरहरु भूकम्प प्राभावितहरुको तथ्यांक संकलनका लागि गाउँ–गाउँ जाने चितवनका सर्वेक्षण संयोजक जिल्ला तथ्यांक कार्यालय भरतपुरका प्रमुख जीवनाथ आचार्यले जानकारी दिए ।

इन्जिनियरहरु कुन कुन गाविसमा के कति संख्यामा खटिने भनी गृहकार्य भइरहेको उनले जानकारी दिए । खटिएका इन्जिनियरहरुले ४५ दिनभित्र प्रतिवेदन दिने प्रमुख आचार्यले जानकारी दिए । प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाएपछि पुनर्निर्माणका काम अघि बढ्ने छन् ।

गतहप्ता चितवन आएका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (प्रकाअ) सुशील ज्ञवालीले चितवनमा पुनर्निर्माणको काम छिट्टै हुने बताएबमोजिम पुस २० गते बाट लाभग्राहीहरुको सूची तयार पारी सर्वेक्षण थाल्न लागिएको हो ।

पहिलो चरणमा प्राप्त निवेदनका आधारमा सर्वेक्षणको काम हुने र लगत्तै भूकम्पपीडितको घर पुनर्निर्माणकोे काम सुरु गरिने प्रमुख ज्ञवालीले बताए । सर्वेक्षणका क्रममा घरको फोटो खिच्ने, घरधनीको नागरिकता परिचय खुलाउने, हाल प्राप्त गरेको कार्डको रेकर्ड राख्ने, हालसम्म पाएको सेवा–सुविधाबारे अभिलेख राख्ने काम गरिने सर्वेक्षण संयोजक आचार्यले जानकारी दिए ।

‘भूकम्पबाट क्षति भएका सबै घरको फोटो प्रमाणको लागि लिइनेछ, ज्ञवालीले भने, ‘नयाँ बनिसकेको भए स्थानीयसँगको सोधपुछ र नयाँ घर हो, होइन भनी थप प्रष्ट भई अनुदान सम्झौता हुनेछ ।’३१ वटा जिल्ला प्रभावित भएकोमा ३ चरणमा पुन निर्माणको काम हुने भन्दै चितवनलगायतका १७ जिल्ला तेस्रो चरणमा परेका थिए ।

चितवनमा भूकम्पबाट अति नै प्रभावित मानिएको दारेचोक गाविसस्थित स्वारथोकका स्थानीय कृष्णबहादुर गुरुङले ढिलै भए पनि प्राधिकरणले काम अघि बढाएकोमा खुसी व्यक्त गरे । सरकारले भूकम्पबाट क्षति भई पछि पुनः प्रतिरोधी घर बनाएकाहरुलाई पनि ३ लाख अनुदान दिने घोषणा गरेको छ । अनुदानबापतबाट पाएको रकमले बनाएको घरको अवस्था बुझ्न प्राधिकरण र सहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर खटिने छन् ।

पहाडी गाविसका अधिकांश स्थानीयले नयाँ घर बनाइसकेका छन् । तीमध्ये केहीमात्र भूकम्प प्रतिरोधी रहेका छन् । जसले गर्दा प्रभावितहरु अनुदान पाउनबाट वञ्चित हुनसक्ने देखिएको छ । ‘प्राविधिक हिसावले क्षति मूल्यांकन गरी अनुदान सम्झौता हुने उल्लेख गर्दै प्रकाअ ज्ञवालीले पुराना र नयाँ भूकम्पपीडितको घरटहरा इन्जिनियरको प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै सहयोगका कार्यक्रम अघि बढ्ने बताए ।

भूकम्पमा परी तत्कालीन समयमा चितवनमा १० जनाको मृत्यु हुनाका साथै १ सय ४६ जना घाइते भएको तथ्यांक छ । जिल्ला विकास समिति चितवनका अनुसार १८ हजार ७ सय ५२ वटा घरको क्षति भएको निवेदन परेका छन् ।

चितवनमा सरकारको राहत तथा अनुदान कुर्दाकुर्दै नपाइएपछि भूकम्पपीडित कतिपयले नयाँ घर तयार पारेका छन् भने कतिपय सामान्य टहरा तथा त्रिपालमुनि कठिनपूर्ण जीवन बिताइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका