काठमाडौं, पुस १२ –
व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन् ।
सेवाग्राहीको भीड, अस्तव्यस्त कार्यप्रणाली देख्दा कुनै मेलामा पुगेजस्तो अनुभव भएको सांसदले बताए ।सुशासन तथा अनुगमन समितिको टोली एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय र सवारीचालक अनुमतिपत्र कार्यालयका समस्याबारे जानकारी लिन बिहान साढे ११ बजे पुगेको थियो । त्यही बेला सवारीचालक अनुमतिपत्र कार्यालयका प्रमुख टोली आउने जानकारी पाएपछि बाहिरिएको थिए । नागरिक दैनिकमा खबर छ ।