Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भिआइपीहरुको आगमनले चितवनका जिल्ला प्रमुखलाई भ्याइ नभ्याई – Gaule Khabar

भिआइपीहरुको आगमनले चितवनका जिल्ला प्रमुखलाई भ्याइ नभ्याई

भिआइपीहरुको आगमनले चितवनका जिल्ला प्रमुखलाई भ्याइ नभ्याई

बिकास पौडेल

चितवन ,पुस ११-

चितवनमा पछिल्लो केही दिन यता भिआइपीहरुको आगमन बढेको छ । भिभिआइपी र भिआइपीहरुको आगमनले जिल्लाका प्रमुखहरुलाई भ्याइ नभ्याइ छ । यतिवेला प्रमुख जिल्ला अधिकारी देखी लिएर विभिन्न सुरक्षा निकायका प्रमुखहरुलाई फुर्सद छैन् । हालसालै मात्र चितवन सरुवा भएर आएका विभिन्न कार्यालयका प्रमुखहरुलाई जिल्लामा आएदेखी नै भिआइपीहरुको पछि पछि कुद्न ठिक्क छ । कहिले प्रधानमन्त्री,त कहिले अन्य विभागिय मन्त्रीहरु चितवन आइरहेका हुन्छन् । संसद अवरुद्ध भएको बेला प्रधानमन्त्री र मन्त्रीहरुलाई विभिन्न सभा समारोहको रिवन काट्न भ्याई नभ्याई छ ।

प्रधानमन्त्री हुने वित्तिकै रिवन काट्न नहिड्ने उद्घोष गरेका प्रधानमन्त्रीको यतिवेलाको दैनिकीनै यहि वनेको छ । मन्त्री प्रधानमन्त्री संसद खुलाउन पहल गर्नुको सट्टा विभिन्न कार्यक्रमको उद्घाटन गर्नमै व्यस्त छन् । जनताको सुरक्षा गर्न खटिएका प्रहरीको जिल्लामा आएका प्रधानमन्त्री र मन्त्रीहरुको सुरक्षा व्यवस्था र स्कर्टिङ गर्दैमा दिन जाने गरेको छ ।

भिआइपीहरुको आगमनले गर्दा सबै भन्दा बढी हामी व्यस्त छौं, चितवनका प्रमुख दिपक थापाले नारायणी अनलाइनलाई वताए । प्रहरीले अनुशन्धान कार्यमा समय दिन नसकेको उनले स्विकार गरे । जिप्रकामा थुप्रियकामुद्धाहरुको अनुशन्धान प्रक्रिया पुरा गर्न प्रहरीलाई हम्मे हम्मे पर्न थालेको छ । भिआइपी आउना साथ सवारीसाधनको व्यवस्था ,सुरक्षा व्यवस्था मिलाउन भिआइपीको पछि कुद्नु पर्ने बाध्यता रहेको स्वीकार र्गछन् प्रमुख जिल्ला अधिकारी नारायण भट्ट । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुशन्धान विभागका उप अनुशन्धान निर्देशक जिल्लामा आएको एक महिना पुग्नै लाग्दा एक दिन पनि राम्रोसँग कार्यालयमा बसेर काम गर्न पाएका छैनन् ।

पछिल्लो एक महिना भित्रको अवधीमा चितवनमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड ,उप प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी लगायतका अन्य १० जना मन्त्रीहरु चितवन आएका छन् । त्यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिस सुशिला कार्की पनी चितवन आएकी थिइन् ।उपराष्ट्रपति नन्दकिशोर पुन पनी चितवन हुदै नवलपरासी गएका थिए । यी बाहेक एक महिनाको अवधीमा पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरु ,प्रमुख दलका नेताहरुको चितवनमा धेरै पटक आगमन भएको छ ।

गत शनिबार मात्रै चितवनमा तिन जना मन्त्रीको उपस्थीती रहेको थियो । जिल्लामा भिभिआइपीहरुको आगमन वढ्दा जनताले भने सास्ती खेप्न वाध्य छन् । भिभिआइपीहरुको सवारी हुदाँ प्रहरीले सडक नै खाली गराउँछन् । जसले गर्दा जनताले दःुख पाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका