इटहरी, पुस ११–
पूर्वी नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आज अपराह्न ४ बजेसम्म दुई सय ७३ पदकको खेल सम्पन्न भइसकेका छन् ।
आजसम्मको पदक तालिकानुसार नेपाली सेनाको अग्रता कायमै छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
सहभागी टोली स्वर्ण रजत कास्य कुल पदक सङ्ख्या
नेपाली सेना ३६ २० १४ ७०
नेपाल प्रहरी १७ १४ २१ ५२
सशस्त्र प्रहरी बल (एपिएफ) १२ ११ १९ ४२
मध्यमाञ्चल ६ १४ १४ ३४
मध्यपश्चिमाञ्चल २ ११ ९ २२
सुदूरपश्चिमाञ्चल २ २ १८ २२
पूर्वाञ्चल ३ १२ ६ २१
पश्चिमाञ्चल २ २ ६ १०