Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्यार्थीहरुलाई लायन्सको न्यानो कपडा सहयोग – Gaule Khabar

विद्यार्थीहरुलाई लायन्सको न्यानो कपडा सहयोग

विद्यार्थीहरुलाई लायन्सको न्यानो कपडा सहयोग

चितवन, पुस ११–

लायन्स क्लब अफ चितवन चौतारीले भरतपुरमा रहेको विद्यार्थीहरुलाई न्यानो कपडा र जुत्ता सहयोग गरेको छ ।
भरतपुर उपमहानगरपालिका–१५, मंगलपुरमा रहेको श्री निम्न माध्यामिक विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई ५० थान स्वीटर र ३० थान जुत्ता सेट वितरण गरेको छ ।
विद्यालयकी प्रधानाध्यापक हरिमाया प्रधानले विभिन्न दाताहरुबाट सहयोग लिएर आज सम्म विद्यालय चलाएको बताउनुभयो ।
लान्यस क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका पूर्व गर्भनर एवम् कार्यक्रमका प्रमुख अतिथि राजकुमार श्रेष्ठले क्लबले गरेको कार्यको प्रशंसा गर्दै सामाजिक तथा मानविय कार्यमा लाग्न सबैमा आग्रह गर्नुभयो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अन्जनकुमार तिमिल्सेनाले सहयोगका लागि धन्यवाद ब्यक्त गर्दै ठुलो सामाजिक सँस्था लायन्स क्लबललाई बिद्यालयमा अन्य सहयोगका लागि समेत आग्रह गर्नुभयो ।

lions-4
क्लबका अध्यक्ष किशोर पौडेलको सभापतित्व सम्पन्न कार्यक्रममा लान्यस क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु क्षेत्र नं ३ का संयोजक लायन भक्तीप्रसाद चालिसे, लान्यस क्लब अफ मंगलपुरका अध्यक्ष लायन भरत अधिकारी, लान्यस क्लब गोल्डेनका अध्यक्ष राजु पौडेल लगायतले मन्तब्य ब्यक्त गनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका