Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
करोडौं सरकारी खर्चमा प्रधानमन्त्रीले पाँच पार्टी प्रशिक्षण चलाए – Gaule Khabar

करोडौं सरकारी खर्चमा प्रधानमन्त्रीले पाँच पार्टी प्रशिक्षण चलाए

करोडौं सरकारी खर्चमा प्रधानमन्त्रीले पाँच पार्टी प्रशिक्षण चलाए

काठमाडौं,पुस ११-

२ पुसमा सरकारी हेलिकप्टर प्रयोग गरी र लावालस्करसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा पुगे । सरकारी कामको अनुगमनका नाममा पुगेका प्रचण्डले सरकारी खर्चबाट प्रदेश नम्वर ४ को पार्टी प्रशिक्षण कार्यक्रम चलाए ।

५ पुसमा सरकारी हेलिकप्टर प्रयोग गरी हिल्सा पुल उद्घाटन गर्न हुम्ला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल सोही दिन सुर्खेत झरे । सरकारी खर्चमा हुम्ला हुँदै सुर्खेत पुगेका प्रधानमन्त्री दाहालले ६ नम्वर प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा चलाए ।

६ पुसमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत गुहँबालीको सुपरजोन निरक्षणका नाममा दाहाल सुदुरपश्चिम पुगे । गहुँबाली सुपरजोनको निहुँमा त्यहाँ पुगेका दाहालले सरकारी रकममै ७ नम्वर प्रदेशको पार्टी प्रशिक्षण चलाए ।

९ पुसमा जनयुद्धकालमा आश्रय लिएको घरलाई संग्रालय बनाउने निहुँ बनाएर प्रधानमन्त्री दाहाल रोल्पा हानिए । युद्धकालिन माओवादीको चर्चित बैठक चुनवाङलाई पर्यटकीय स्थल बनाउने घोषणा गरेर प्रचण्ड त्यहाँ पुगेका हुन् । रोल्पामा रिवन काटेर उनी ५ नम्वर प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा दाड पुगे । लाखौ सरकारी रकम खर्च गरी उनी पार्टी प्रशिक्षण चलाए । यी त केही उदाहरणहरु मात्र हुन । प्रधानमन्त्री भए लगतै देशबासिका नाममा सम्बोधन गर्दै गर्दा प्रचण्डले आफू रिवन काट्ने कार्यक्रममा सहभागी नहुने र राज्यकोषको दुरुपयोग नगर्ने घोषणा गरेका थिए । तर,ती सबै घोषणा पानीको फोका झै भए ।

प्रधानमन्त्री भएलगतै दाहालले रिवन काट्ने कार्यक्रममा नजाने सार्वजनिक प्रतिवद्धता जनाएको भए पनि पछिल्लो दुईसातामा मात्र उनले एक दर्जन रिवन काटिसकेका छन् । प्रधानमन्त्री प्रचण्ड एउटा कार्यक्रममा सहभागी हुँदा करोडौं रकम खर्च हुन्छ । राज्यकोषको करोडौ रकम खर्चेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहीबीचमा पार्टीको पाँच वटा प्रशिक्षण चलाएका छन ।

पार्टीको प्रशिक्षण चलाउने नाममा पाँच प्रदेशको कार्यक्रममा झण्डै प्रधानमन्त्री प्रचण्डले राज्यकोषको करोडौ रकमको दुरुपयोग गरेको यो एउटा सानो उदाहरण मात्र हो । यद्यपि प्रचण्डका राजनीतकि सल्लाहकार चन्द्रप्रकाश खनाल‘बलदेव’भने यस्को बचाउ गर्दै ‘राज्यको कामममा गएको बेला पार्टीको काम पनि गरिएको छ, समय धेरै गएपनि सरकारको पैसा बचाउने उदेश्यले दुवै कार्यक्रम संगै राख्ने गरिएको हो । पार्टीकामका लागि जाँदा पार्टीको अर्थविभागले खर्च गर्ने गरेको ’ जिकिर गर्दछन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका